म ( निशा ) र उ (दित)

विचार/दृष्टिकोण

       

रोशनकुमार झा

कलाको धनि 'म ' र 'उ' दुवै एक्कै सिक्काका दुइ पाटो, दुई शब्द ट्वीट गर्ने "म " बिरांगना र मौन धारण गर्ने उ लाटो। आज भोलि सामाजिक संजालमा अभिनेत्री मनिषाको वीरताको गाथा गाउने क्रममा कालापानी बिषयमा मौन बसेका गायक उदित नारायणको राष्ट्रियता माथि सन्देह र मानमर्दन गर्न थालिदै छ।

कलाकार एक देश का मात्र नभएर सम्पूर्ण कलाप्रेमी को साझा गहना हुन र तिनीहरु बीच कलाको मात्र नभएर भावनात्मक सम्बन्ध हुन्छ । त्यसर्थ मा कला ले राजनीति गरेको बिल्कुल शोभा दिदैन। तर बिडम्बना हाम्रो समाज मा कलाकार ले राजनीतिक अभिव्यक्ति दिन्छन र राजनीतिज्ञ ले हास्य कलाकार को भूमिका मा मनोरंजन।

बिगतमा अमिताब को एउटा टिप्पणी ले हजारौ सिख धर्माबलम्बीहरु को हत्या र लुटपाट गर्न उक्साएको उदाहरण मन मगज मा ताजा नै छ। सिमा विवाद प्रमाण र राजनीतिक संयन्त्र बाट सुल्झिन्छ नकि कलाकार को यो अभिव्यक्ति ले। यदी त्यस्तो हुदो हो भने सनी देओल को बयान ले त पुरै कश्मिर मसला नै समाधान हुनु पर्ने ,तर भएन नि !

मौन धारण गर्नु या आवाज उठाउनु यो उनीहरुको व्यक्तिगत स्वतन्त्रता र नैतिकता को कुरा हो। उदित जी यस्ता राजनीति बाट पहिले देखि टाढा बस्दै आएका हुन्। उनले आज मात्र हैन उनको आफ्नै मधेसी मूल का समुदाय बराबर  अधिकार का लागि संघर्ष रथ रहदा पनि आवाज उठाएनन् न त आफ्नै प्रहरी प्रसाशन बाट नरसंहार हुदा उठाए। त्यतिबेला त हामीले यो बिषय मा आवाज उठाउन दवाब सिर्जना गरेनौ त। अहिले किन?

रहयो कुरा मनीषा जी को बिरता को। अहिले सहि र गलत तथ्य बाट हैन कि तर्क र कुतर्क बाट प्रमाणित हुदो रहेछ। एउटा मेरो कुतर्क पनि सुन्नुस। कोइराला खानदान कि मनीषा को डीएनए मै राजनीतिक बहाब हुनु मा कुनै दुइमत छैन। बहाब मात्र नभएर पहुच पनि राम्रै छ। बलिउड एक पुरुष सतात्मक उद्योग हो।

जहाँ ५० बर्ष का सलमान खान २५ बर्ष कि अलिया संग चलचित्र खेल्न सक्छन तर बिपरित क्रम सम्भव छैन। यो कुरा बाट मनिषा राम्ररी अबगत थियिन। सायद त्यहि भएर आफ्नो पारिवारिक पेशा अपनाउन भाबना को राजनीति गरेको  हुनासक्छिन। कालापानी विवाद त महेन्द्र को पाला देखि नै थियो नि।

उनि आफ्नो फिल्मी क्यारियर को सफलता को चरम बिन्दु मा पुगेको बेला आवाज उठाएको भए झन् प्रभाबकारी हुन्थ्यो कि ? भारत ले नमानेको भए हिन्दि फिल्म नखेल्ने निर्णय गर्न सक्थ्यिन। तर उनले गरिनन्।

कुरा गरौं यी दुइ को नेपाली सिने उद्योग मा योगदान को। नेपाली गायन मा पनि उदित जी को उतिकै सक्रियता देखिएको छ। उनले कम पैसा र कहिले कहिँ पैसै नली पनि नेपाली भाषा मा अनेकौ गीत गएकै छन् बेला बखत मा नेपाली कार्यकर्म मा आफ्नो उपस्थिति जनाएकै छन्।

मनीषाजी ले कति ओटा नेपाली भाषा का चलचित्र मा अभिनय  गरेकी छिन? याद छ तपाइलाई ?कि नेपाली निर्माता नै उनको फी तिर्न असमर्थ थए?

छोड्नुस उदित जी तपाई कै जिल्ला का तिलाठी गाउ का बासिन्दा हरु सयौ वर्ष देखि नागरिकता लिएर भारतीय एसएसबी संग लडेर सिमा सुरक्षा गर्दा त नेपाली हुन सकेनन तपाई दुई शब्द बोलेर क नेपाली बन्नु हुन्थ्यो र। कसैको खोक्रो राष्ट्रबाद भन्दा तपाइको मौनाबाद नै उचित।

मनीषा को साहसिक गाथा खुब गाउनुस कुनै आपति छैन तर हेक्का रहोस एउटा को मान सम्बर्धन गर्दा अर्काको मनमर्दन त गर्नु भएन नि।

सापेक्छिता को सिद्धान्त प्रतिपादन गरिदा फ्रेम ऑफ रेफेरेन्स लै निक्कै महत्वो दियिएको थियो। एउटा फ्रेम बाट अर्को फ्रेम को घटना को विश्लेषण गर्दा दुई फरक फ्रेम का मान्छे हरु बीच विवाद आउनु स्वाभाविक नै हो। को ठिक को गलत भन्ने प्रश्न नै गलत हो। विवाद मुक्त घटना अबलोकन गर्न त्यहि फ्रेम अपनाउनु पर्छ।

एकता को माला  सद्भाव को डोरी मा बुनिन्छ। बुन्न जति गार्हो तोड्न त्यति नै सजिलो। कृपया घृणा को कडा माला मा नगुथिदिनुहोला ।

तपाईको प्रतिक्रिया