नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह । झन्डै आधा जनसंख्या ओगटेको समुदाय आफ्नै मुलुकको भूगोलभित्र तमाम भेदभाव, उत्पीडन र अधिकारबाट वञ्चित रहँदै आएको अवस्थामा सिंहले ‘मधेशी अधिकार’को सपना जगाइदिए ।
सम्भवतः राजनीतिमा यो नै सिंहको सर्वाधिक महत्वपूर्ण योगदान हो । नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई नै जान्छ । सबैभन्दा महत्वपूर्ण उनको उपलब्धी भनेको संघीयता हो र त्यसभित्र पनि मधेश प्रदेश नामक एक प्रदेश÷प्रान्त बन्न सफल हुनु हो ।
नेपाललाई संघीयतामा लैजानुपर्ने विचार सिंहकै थियो र त्यसका लागि उनले पार्टी नै स्थापना गरेर नेपाली राजनीतिमा आफ्नो स्थान बनाए । अहिले नेपाल आंशिक संघीयतामा गएको छ । समावेशी र मधेशका विषयलाई नेपाली राजनीतिमा स्थापित गराउने पनि सिंह नै हुन् ।
नेपालमा विशेषगरी मधेशी, पहाडका जनजाति अधिकार, पहिचान र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने मात्र नभई यिनै आधारमा प्रजातान्त्र पुनस्र्थापना पश्चात एक दशक सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व गर्ने एक राजनेताको नाम हो, गजेन्द्रनारायण सिंह । यही गएको सोमबार अर्थात् माघ १० गते स्वर्गीय सिंहको बीसौँ स्मृति दिवस परेको थियो । गजेन्द्र नारायण सिंह अध्यन केन्द्रले देशव्यापी “मधेश प्रदेश र गजेन्द्र नारायण सिंह“ विषयक अन्तरक्रिया आयोजना समेत ग¥यो ।
अहिले सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी सोहि रूपमा जीवित छैन, उक्त पार्टीसमेत एकीकरण गरेर राजपा नेपाल बन्यो, पछि जसपा नेपाल र त्यसबाट लोसपा नेपाल बन्यो । उहाँले निर्माण गर्नुभएको नेताहरू र स्थापित गर्नुभएको एजेन्डा मुख्यतः जसपा नेपाल र लोसपा नेपालमै छ । तर उहाँको स्मृतिमा उक्त पार्टीहरूले अधिकारिक रूपमा कुनै कार्यक्रम आयोजना गरेनन् ।
कोहि कोहि नेताहरूले आआफ्नो ढंगले कतै कतै कार्यक्रम गरे । जबकि ठिक यहि बखत उहाँले उठाउँदै आउनु भएको मुद्दाहरूमध्ये आंशिक भएपनि मधेशले पहिचान पाएको छ। तर सबै आआपÞmै क्रेडिट लिन मस्त छन् । यसै बखत अनिल कुमार महासेठको नेतृत्वमा रहेको गजेन्द्र नारायण सिंह अध्यन केन्द्रले “मधेश प्रदेश र गजेन्द्र नारायण सिंह“ बिषयक अन्तरक्रिया गर्नु गराउनु महत्वपूर्ण र अर्थपूर्ण रहेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सिंहले नेपाली कांग्रेबाट अलग भई पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए । २०४० सालपछि नेपाल सद्भावना परिषद् हुँदै उनले २०४७ साल वैसाख ३ गते नेपाल सद्भावना पार्टी गठन गरे । परिषद्को उद्देश्य स्पष्ट थियो– नेपालको भूगोलभित्रै मधेशी समुदायमाथिको भेदभावको अन्त्य, पहिचान र नागरिक अधिकारसम्पन्न समतामूलक समाज निर्माण ।
बहुदलीय प्रजातन्त्र आएपछि २०४७ सालमा सिंहले सद्भावना परिषद्लाई सद्भावना पार्टीमा रूपान्तरण गरे । परिषद् स्थापनाका दिनदेखि नै सिंहले मधेशी समुदायमा अधिकारबारे चेतना जागृत गर्ने अभियान सञ्चालन गरेका हुन् । प्रजातान्त्रिक आन्दोलनदेखि नेपालका जनआन्दोलनमा पनि सद्भावना पार्टीको योगदान छ । सात दलीय गठबन्धनको एक हिस्सेदार सद्भावना पनि थियो ।
सन् १९४९ को सत्याग्रह आन्दोलनमा सहभागी भएका सिंह आफ्नै जिल्लामा जेल परेका थिए । सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष रहेका सिंह १९६० देखि ७७ सम्म कांग्रेसको केन्द्रीय सदस्य रहे । २०३९ सालमा नेपाली कांग्रेस परित्याग गरी २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरी २०४७ सालमा नेपाल सदभावना पार्टी बनाएका थिए ।
२०४२ सालमा राष्ट्रिय पंचायत सदस्य भएका सिंह २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएका थिए । सिंहको निधन २०५८ माघ १० गते भएका थियो । २०३८ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कार्यालबाट डा. हर्कबहादुर गुरूङको संयोजकत्वमा बसाइ सराई आयोग बन्यो । उक्त आयोगले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन पेश गरेको थियो । प्रधानमन्त्री थापा र राजदरबारबीचको खटपटले गर्दा २०४० सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका थिए । चन्दको कार्यकालमा गुरूङको प्रतिवेदन सार्वजनिक भयो । उक्त प्रतिवेदन मधेश र मधेशी विरोधी भएको भन्दै विरोध भयो ।
२०४० सालदेखि २०४७ सालसम्म परिषद् भूमिगत थियो । २०४७ सालमा दर्ता भएको नेपाल सद्भावना पार्टी २०४७ मंसिर ८ गते काठमाण्डौको टुडिखेलमा नेपाल सद्भावना पार्टीको आमसभा भएको थियो । उक्त आमसभा राज्यद्वारा विथोलिएको थियो भने मधेशी नेताहरूमाथि कुटपिट भएको थियो । उक्त आमसभामा मधेशीहरू उपर भएको सम्प्रादायिक हमला एवं राज्य अतंकबाट आजित भएर गजेन्द्र बाबुले ’यो प्रजातन्त्र मधेशी एवं पहाडका जनजातीहरूको लागि आउँदै नआएको टिप्पणी गर्दै’ निम्नानुसारको पाँचबुंदे माग अगाडि सारी संघर्षका कार्यक्रम तय गरेका थिए ।
१. जनसंख्याको आधारमा प्रत्येक समुदायका लागि निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने एवं जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने ।
२. मधेशीको र मधेश एवं पहाड विचको सम्पर्क भाषाको रूपमा रहेको हिन्दी भाषालाई मान्यता दिनुपर्ने ।
३. मौलिक अधिकार उपयोग गर्न वाधाको रूपमा रहेको संवैधानिक अडचनहरू प्रतिवन्धात्मक धाराहरू तत्काल संविधानबाट हटाउनु पर्ने ।
४. संघिय व्यवस्था लागु हुने पर्ने, संघियताको तहत मधेशलाई एक स्वायत्त प्रान्त बनाउनु पर्ने एवं जनसंख्याको आधारमा सरकारी सेवामा सिटको आरक्षण हुनुपर्ने
५. २०४७ को संविधान लागु भएको दिन सम्म नेपालमाा स्थाई वसोवास गरिरहेकाहरूलाई नागरिकता परिचय पत्र दिनुपर्ने ।
उपरोक्त माँगहरू पुरा गर्नको निम्ती गजेन्द्र बाबुले अन्तरिम सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
सोहि मागलाई लिएर २०४७ पुष १६ गते देखि २९ गतेसम्म देशव्यापी आफ्ना माँगहरूका सम्बन्धमा प्रदर्शन गर्यो । र माघ २१ गते सोमवार सिंहदरवार घेराउ कार्यक्रम गरेको थियो । २०४७ साल माघ २१ गते सोमवारका दिन श्रदेय नेता गजेन्द्र नारायण सिंह एवं बाबा रामजनम तिवारीको नेतृत्वमा सिंहदरवार घेराउ एवं धर्ना कार्यक्रमको निम्ती गौशाला धर्माशालाबाट सिंहदरवारको पश्चिमी गेट तिर आफ्ना ५ बुंदे माँग लेखिएको तुल, व्यानर, प्लेकार्ड आदि वोकेर नारा लगाउँदै जुलुस अगाडी बढी रहेको थियो कि मूलगेट नपुग्दै, न प्रहरीले पूर्व कुनै सूचना दिए, न त कुनै वार्निङ्ग नै, जुलुस उपर एकासी लाठि वुट प्रहार गर्न थाले । भर्खरै प्रजातन्त्र आएको थियो, देशमा कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा प्रजातान्त्रिक अन्तरिम सरकार थियो ।
गजेन्द्र बाबु, बाबा रामजनम लगायतको नेताहरूको नेतृत्वमा नेपाल सद्भावना परिषद पनि उक्त २०४६ को प्रजातान्त्रीक आन्दोलनमा सहभागि भएका थिए । २०४६ सालको प्रजातान्त्रीक आन्दोलनमा थुप्रै नेताहरूको गिरफ्तार पनि भएको थियो । त्यसैले संगै लडेर स्थापीत गरेको प्रजातन्त्रमा पनि पञ्चायत झै त्यसमा पनि प्रजातान्त्रीक सन्त नेता कहलिएका कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएको वखत यसरी शान्तिपूर्ण धर्ना जुलुस उपर दमन होला भनेर कसैले सोचेका पनि थिएनन् । तर अत्याधिक बल प्रयोग भयो, प्रजातान्त्रिक सरकारका प्रहरीबाट दमन भयो नेता गजेन्द्र नारायण सिंहसमेत माथि लाठि प्रहार भयो । जसमा संस्थापक नेता रामजनम तिवारीको हात भाँचिएको थियो ।
प्रत्यक्ष सहभागी एव घाइते देवेन्द्र मिश्रका अनुसार त्यो दृश्य अत्यन्तै कहाली लाग्दो थियो । सिंहदरवार अगाडी भद्रकाली रोडमा रगतका छिटा, चप्पल जुता र आन्दोलनकारीबाट फुत्काएका धोतिहरू, गम्छीहरू छरपष्ट देखिन्थे । त्यस आक्रमणमा गजेन्द्र बाबु पनि गम्भीर घाईते हुनु भएको थियो । उहाँको थप उपचारको आवश्यक्ता हुँदै हँुदै समान्य उपचार पछि उहाँले बाँकी सबै घाइतेहरूलाई भेटीे मनोवल वढाउने कार्यहरू गर्नु भयो । प्रहरी दमन विरूद्ध तथा आफ्ना मागका पक्षमा भोलीपल्ट अर्थात माघ २२ गते पनि प्रदर्शन भयो ।
काठमाण्डौमा रहेका मधेशीहरू जो मूलत मजदुर विद्यार्थी आदी थिए उनिहरू समेत थप भएर अर्को दिन झन् बिसाल प्रदशन भयो। गजेन्द्र बाबु यिनै मागहरू लिएर कहिले जुलुस प्रदशन त कहिले धर्ना प्रायजसो बर्षमा एक दुइ चोटी हुन्थ्यो हुन्थियो। उहा कहिले रिले अनशन त कहिले आमरण अनसन त कहिले संविधानका बिभिन्न विभेदी धाराहरू जलाउने कार्यहरू गरिरहनु भयो । उहाले भन्ने गर्नुहुन्थियो ’सदभावना पार्टी नही यह एक आन्दोलन है’ नभन्दै सद्भावनाका नेताहरू आन्दोलन गरिरहन्थे र पक्राउ पनि परिरहन्थे ।
सप्तरीदेखि पर्सासम्मको आठ जिल्लाको मधेसले आधिकारिक रूपमा प्रदेशको दर्जा पाएको छ । तर गजेन्द्र बाबुको सपनाको मधेश त २२ जिल्लाकै थियो, मधेसको भूमिमा मधेसको नाममा राजनीति गर्नेहरूले पनि उहाँकै लाइनमा रहेर विगतमा २२ जिल्लालाई मधेशको पहिचान दिलाउने सन्दर्भमा आन्दोलन गरेको र थुप्रैले सहादत प्राप्त गरेको कसैबाट लुकेको छैन । तर हालको ८ जिल्लाको मधेश प्रदेश पनि सिंहकै योगदानको उपलब्धि हो ।
सिंहकै अजेन्डालाई आधार बनाएर मधेस प्रदेश जन्मिएको हो । तर यतिले मात्र सिंहको सपना साकार भएको मानिने छैन । आन्दोलनको निरन्तरता अझै पनि जरूरी छ । पुर्वको झापा मोरंग सुनसरी समेतको मधेश प्रदेश र पशिममा चितवन देखी कन्चनपुर सम्मका मधेशी–थारूले पनि स्वायत्ता पाउन बाँकी नै छ । सिंहले उठान गरेको मधेस र पहाडका आदिवासीहरूको स्वायतता र अधिकारको मुद्दा अझै छन् । नेपालको राजनीतिमा मधेश, सामाजिक न्याय, समतामूलक समाज निर्माणलगायत सवालमा सिंहले गरेको वकालत र जीवन–संघर्ष अतुलनीय रहनेछ ।
सिंह नै पहिलो यस्तो नेता हुन्, जसले मेचीदेखि महाकालीसम्मको मधेशलाई भावनात्मक रूपमा जोड्ने प्रयत्न गरे र यस क्षेत्रमा बसोवास गर्ने नागरिकको अधिकारका पक्षमा आवाज बुलन्द गरे । गजेन्द्रनारायण सिंह आफ्नो राजनीतिक अभियानलाई सशक्ततापूर्वक निरन्तरता मात्र दिएनन्, बरू राज्यलाई मधेशका सन्दर्भमा सोच्न बाध्य पनि बनाए । उनले सुरू गरेको समाबेशिता, संघीयताको बहस उनको मृत्यु प्रश्चात नेपालले पायो । तर, राज्यबाट सिंहले कुनै सम्मान पाउन सकेनन् । यहासम्म कि उहाँकै सपनाको कारण आज मधेश प्रदेश र मधेश सरकार छ तर तिनीहरूले पनि सिंहको अतुलनीय योगदानको कदर एव सम्मान गर्न सकेको छैन ।
तपाईको प्रतिक्रिया