चुनावको अघिल्लो दिनसम्म सबैतिर बालेन शाह भनेर चिनिने व्यक्ति चाहिँ चुनावपछि बालेन्द्र साह भनेर चिनिन थालेका छन् । समय बितिदै जाँदा बालेनले आम जनताबाट लुकाएर राखेका नाममा भएको थरसँगै अन्य धेरै तथ्यहरू बाहिर आउन थालेको छ ।
बालेन आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि उनी एक पूर्वनिर्धारित गुरूयोजनामा पहिलो पत्रको रूपमा देखिन थालेका छन् । बालेन आफूमा स्वतन्त्र नभई कुनै विशेष नेटवर्कबाट सञ्चालित व्यक्ति हुन् । वर्तमनमा देखिएका धेरै तथ्यहरूलाई नियालेर हेर्दा, काठमाडौ महानगरपालिकाको अध्यक्षमा बलेनको जीत पक्का पक्की नै छ ।
नेपाल मात्र होइन, विश्वको कुनै पनि देशमा राजनीतिक व्याकग्राउण्ड नभएको वा कुनै समाज सेवामा एक प्रकारको जस नपाएको, कुनै स्वतन्त्र व्यक्तिले देशको राजधानीमा चुनाव जितेको शायदै कहि फेला पर्छन् होला । तर नेपालमा यो प्रवृत्तिको राजनीतिक परिवर्तन देख्न पाइने भएको छ ।
बालेन विरूद्ध सत्यतथ्यमा आधारित समाचार “यलष्लिभपजबदबच“ नामक राष्ट्रियस्तरको यलष्लिभ उयचतब िमा न्युज लेखेकोले मिडियाको लाखौं अनुयायी घटनु कुनै सामान्य घटना होइन । चुनावको समयमा कुनै राष्ट्रियस्तरका मिडियाले कसैको पक्ष विपक्षमा सत्यतथ्यमा आधारित समाचार लेख्नु मिडियाको नागरिक प्रतिको कर्तव्य पनि हो । तर कुनै स्वतन्त्र व्यक्ति जसको नेपाल राजनीतिमा कुनै विशेष अनुदान पनि नभएको र कुनै उच्चस्तरको व्यक्तित्व पनि नभएको व्यक्तिको विरोधमा समाचार लेख्दैमा लाखौं लाख अनुयायी घट्नु भनेको एक अदृश्य शक्तिको प्रभाव हो भन्ने प्रष्ट हुन्छ ।
यसरी अनुयायी घटाउने काम कुनै विशेष प्राविधिकको समूह बाहेक अरू कुनै आमजनताले गर्न सक्दैन । प्रति मिनेट २÷३ हजारको संख्यामा साधारण समाचारका लागि अनुयायी घट्नु भनेको कुनै साधारण कुरो होइन । यहाँबाट के प्रष्ट हुन्छ भने यी अदृश्य शक्तिले काठमाडौंको मेयरमा आफ्नो पात्र जिताउनका लागि कुनै कसर बाँकी राखेका छैनन् । मिडियाले विरोध गरेमा उनको अनुयायी घटाउने रणनीति पनि पहिलादेखि नै तयार पारेको देखिन्छ । चुनावभन्दा पहिला बालेनलाई २० जनामा १ ले चिनिने पनि थिएन होला । तर उनको प्रभाव एक्कासी कसरी बढ्यो भने विषय अध्ययनकै बिषय हो ।
बालेन पछाडिको शक्ति
बालेनको परिवार शाही परिवारसँग नजिक भएकोले उनको समर्थन नै हो कि भन्ने सबैलाई लागेको छ । हुन त यो स्वाभाविक पनि हो । बालेनको पछाडि राजावादी होस् वा होइन यो कुरा त भन्न सकिन्न तर बालेनको पछाडि पक्कै पनि राष्ट्रलाई परिवर्तनको दिशामा लैजाने ठूलो शक्तिको रहेको देखिन्छ ।
बालेन जिते पछि के हुन्छ ?
बालेनले आफ्नो घोषणापत्रमा एउटा मेयरको क्षेत्राधिकार भित्र रहेको काम मात्र गर्ने वाचा गरेकोले, बालेनलाई आफूले वाचा गरेको काम पूरा गर्न खासै कठिनाइ नहोला । यहाँबाट एउटा राम्रो सन्देश पनि जान्छ कि मेयरले गर्न सक्ने कार्यको मात्र घोषणापत्रमा उल्लेख गरे जनताले पत्याउँछन् । मेयरले प्रधानमन्त्री सरहको घोषणा गरेर चुनाव लड्ने होइन । विभिन्न सरकारको आफ्नो कार्यक्षेत्र हुन्छ, त्यो कार्यक्षेत्रभित्र बसेर चुनावी घोषणा गर्नु पर्छ भन्ने एउटा पाठ सम्पूर्ण नेतागणलाई सिकाउने छ । विश्वको सबै ठाउँमा शुल्क लाग्ने सेवा सुविधा नेपालमा निःशुल्क गर्छु भन्नु नेता र जनता दुवै प्रतिको धोका हो । सक्ने काम गर्नुपर्छ, सरकारले दिएको सेवा सुविधा लिनु पर्छ अनि बल एउटा असल नेतृत्वको जिम्मेवारी र कर्तव्य पूरा हुन्छ ।
बालेन जितेपछि, बालेनलाई मोहडा बनाएर एउटा राजनीतिक पार्टी स्थापना हुने निश्चित देखिन्छ । बालेन जितेको ४–६ महिना भित्रमा काठमाडौमा एउटा राजनीति पार्टी स्थापना हुनेछ । ती पार्टीका सबै अनुहार नयाँ हुनेछ, तिनीहरू भित्रमा पूर्ण प्रशिक्षित हुनेछ र प्रायः सबैको नेपाली राजनीतिको पहिलो अनुभव हुनेछ । यो पार्टीले बिना कुनै आन्दोलन गरी नेपालमा ठूलो राजनीतिक जग खडा गर्ने देखिन्छ । प्रायः पार्टीले नेपालमा ठूला–ठूला राजनीति परिवर्तनको लागि आन्दोलन गरेर आफ्नो जग बनाउन सफल भएका छन् तर यो पार्टीले एक अनौठो तरिकाले आफ्नो जग बनाउने छ । यो पार्टीले जनतामा भएको आक्रोशलाई आफ्नो शक्ति र यसलाई राजनीतिक मुद्दा बनाउने छ ।
जब–जब देशमा भ्रष्टाचारले चरम सीमा पार गर्छ तब–तब नयाँ शक्तिको जन्म हुने गर्छ । जनतामा अहिलेको नेतृत्व प्रति भएको आक्रोशले नेपालभरि यो पार्टीलाई जनतासम्म आफ्नो पकड बनाउन सहयोग गर्छन् । अहिलेको राजनीतिक पार्टीहरूले अवहेलना गरेको जनताको आक्रोश यो पार्टीको शक्ति बन्ने छ । कोरोना भाईरस कस्तो यो पार्टी नेपालभरि फैलिन्छ । जनता एउटा विश्वासिलो शक्तिको पर्खाईमा रहेको बेलामा यो राजनीतिक पार्टी एउटा स्तब्ध बन्ने देखिन्छ । यी पार्टी सम्भवतः आउँदो प्रतिनिधि र प्रदेश सभाको चुनावसम्म आफ्नो तयारी पूरा गरेर सबै क्षेत्रमा उम्मेदवारी दिनेछ । आउँदो प्रतिनिधि र प्रदेश सभाकै चुनावमा धेरै ठाउँमा वर्तमन राजनीतिक दलहरूले हार बेहोर्ने देखिन्छ । सधै एउटै अनुहार, जति गल्ती र भ्रष्टाचार गरेपनी पार्टीको टिकट तिनैलाई दिने प्रवृत्तिको पनि अन्त्य हुने देखिन्छ ।
बालेनको पुख्र्यौली तराईमा भएकोले तराई पनि बालेनको पार्टीले चाँडै आफ्नो पकड बनाउने देखिन्छ । तराईमा अहिले जंगली शासन चल्दैछ, यहाँ जनतालाई जंगली जनावर जस्तो व्यबहार गरेको छ । कहिले देशले त कहिले मधेशकेन्द्रित राजनीतिक दलको स्वार्थले आक्रान्त तराई–मधेशका जनताले पनि यो पार्टीलाई खुलेर समर्थन गरेको देखिन्छ । यो पार्टीले शुरूवातमै नेपालमा मधेशप्रति विभेद नगरेको ठोस प्रमाणको रूपमा बालेनलाई अगाडी सारेपछि, जसले तराईमा मात्र नभएर अन्तर जातीय, भौगोलिक, धार्मिक र सांस्कृतिक विभेदको अन्त्य गरेको देखाएपछि पहिलादेखि यिनै विभेदलाई बढावा दिएर राजनीति गर्नेहरूको राजनीति जरैदेखि उखेलेर फालिनेछ । जो वर्तमन अवस्थामा नेपालका लागि एकदम जरूरी देखिन्छ ।
यसरी बालेनको पार्टीलाई तराई, पहाड, हिमाल सबै ठाउँको जनताले साथ दिने देखिन्छ । यसको प्रमाणको रूपमा नेपालको विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्बारले लिएको अग्रता र जीतलाई लिन सकिन्छ । जनताको राजनीतिक दल माथिको अविश्वासलाई स्वतन्त्र उम्मेदवारले आफ्नो शक्ति बनाएको कुरा यो चुनावमा प्रष्ट देखियो । यसरी साथ जनतको पाएको नयाँ पार्टीले नेपालको वर्तमन व्यवस्थासमेत परिवर्तन गर्ने देखिन्छ । भ्रष्ट शासन प्रणालीबाट पीडित जनताले फेरि पनि शासन पद्धतिको परिवर्तनको पक्षमा उभिने प्रष्ट देखिन्छ । अब यसरी सत्ता र शासन परिबर्तन हुँदा नेपालमा फेरि राजा शासन आउने हो कि भन्ने विषयमा नाई भन्न सक्ने अवस्था चाहिँ छैन ।
अब ५/७ दलीय होइन वर्तमन सबै दलको गठबन्धन गरे पनि नेपालमा शासन र सत्ता दुबै परिवर्तन भएर नै छाड्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया