सर्लाहीको मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त

"निजगढमा होइन, मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरौं"

विचार/दृष्टिकोण

सुरेश मण्डल, मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं जसपा नेता
 
सर्वोच्च अदालतले पर्यावरण जोगाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिकल्प खोज्न दिएको आदेश स्वागत योग्य छ। यसले पिडित टाङगीया बस्तीका बासिन्दा, सहजनाथ र तामागढ़िका करिब तिन लाख उपभोक्ता लाभान्वित हुने भएका छन।
 
निजगढ विमानस्थल ICAO मापदण्ड बिपरित छ। जस अनुसार संरक्षित क्षेत्र आसपासमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु हुदैन। निजगढ विमानस्थल पर्सा राष्ट्रिय निकुञ्जसंग जोडिएको छ। ८०४५ हेक्टर क्षेत्रफलको EIA प्रतिवेदन पास भएको छ। जसमध्ये ७००३ हेक्टर वन क्षेत्रले ओगटेको छ।
 
उक्त प्रतिबेदन अनुसार रुख, पोल, र बिरुवा गरि जम्मा २ करोड ९७ लाख ६२ हजार १९ ओटा रुख बिरुवा काट्नु पर्ने हुन्छ। यति ठुलो संख्यामा प्लान्ट काटिदा जलबायु परिवर्तन असन्तुलित भै विश्वको तापक्रम समेत बढ्ने छ।
 
४० प्रतिसत वन नेपालमा छ जसमध्ये मधेश प्रदेशमा १.६१ प्रतिसत मात्रै छ। जुन जैविक जीवनको लागि स्वस्थकर मानिदैन। एउटा रुखले बर्ष भरिमा १५० टन भूमिगत पानीलाई वाष्पिकरण मार्फत वायु मण्डलमा पठाउँछ र फेरी त्यो वाफ वर्षाको रुपमा जमिनमा पर्छ।
 
निजगढ एयरपोर्टको लागि छुट्याएको बन क्षेत्रबाट मात्र ६ वटा नदि अडुवा, जमुनी, तियर, काँटघाट, बढकी पैनी र जोखा बग्ने गरेको छ। जसले ४ लाख ४० हजार किसानलाई सिंचाई तथा खानेपानी प्रदान गरेको छ। निजगढ विमानस्थल निर्माण भए यी ६ वटा नदि सुक्नेछन र लाखौ किसान भोकमरीको शिकार हुनेछन।
 
त्यतिमात्र होइन नेपालको लागि दुर्लभ भनिएको महत्वपूर्ण जिवजन्तुहरु हाति, बाघ लगायतको बासस्थान समेत रहेकोले त्यो उजाडिए जंगली जनावरहरु बस्तीमा छिर्ने र ठुलो जनधनको क्षेती हुने छ।
 
त्यो बन क्षेत्रमा ठुल्ठुला चाराचुरुङगिहरुको समेत बासस्थान रहेकोले बर्सेनि ठुलो संख्यामा जहाजमा चरा ठोकिने र दूर्घटना हुने समेत निश्चित छ। फेरी शंका किन पनि लाग्छ भने विश्वको सबभन्दा ठुलो अन्तराष्ट्रिय विमानस्थल लण्डनको हिथ्रो विमानस्थल हो जहाँ ८ करोड यात्रु दैनिक यात्रा गर्छन।
 
त्यसको कुल क्षेत्रफल १२२७ हेक्टर मात्र छ। नेपालमा किन चाहियो ८०४५ हेक्टरको एयरपोर्ट ? फेरी एउटै जिल्ला बारामा मात्र किन चाहियो दुइटा एयरपोर्ट ? बारा जिल्लामै चाहिएको छ भने बाराकै सिमरा एयरपोर्टलाई पुर्व र उत्तर विस्तार गरि बनाउँदा हुन्छ नि।
 
त्यसकारण मधेश प्रदेशको मध्य भागमा पर्ने सर्लाहीको मुर्तियामा रहेको ४२०० हेक्टर सरकारी जग्गा (खाली पनि गरिएको) छ त्यो जग्गा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त छ।
 
तसर्थ जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्नको लागि निजगढ विमानस्थलको बिकल्प सर्लाहीको मुर्तिया क्षेत्रमा रहेको सरकारी जग्गालाई रोज्नु नै श्रेयकर र बुद्धिमानी हुनेछ।
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ