मधेश प्रदेश संघीयताको जननी हो । मधेश प्रदेशकै कारण यो देशमा संघीयता आएको हो । यसलाई संस्थागत गर्नु पनि हाम्रै जिम्मेवारी हो । मधेश प्रदेशको सबभन्दा ठूलो दल जनता समाजवादी पार्टी र नायकको रुपमा उपेन्द्र यादवजी अगाडि बढ्नुभएको थियो । हामी आफ्ना स्वार्थभन्दा माथि उठेर संघीयतालाई संस्थागत गर्नका लागि संघीयता पक्षधर जसपालाई जनताले पूर्ण साथ र सहयोग दिन्छन् । जसपाको जीत भनेको संघीयता पक्षधरको जीत हो ।
मंसिर ४ गते हुने आमनिर्वाचनमा यसपटक पनि मैले धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट उम्मेद्वारी दिएको छु । यहाँका आमनागरिकको पनि यही इच्छा थियो कि यसपालि पनि तपाइँ प्रदेशसभा सदस्यकै लागि चुनाव लड्नुस् । यहाँका आमनागरिकले पुनः मलाई बहुमतका साथ जिताउने भन्नुभएका छन् । संघीयतालाई संस्थागत गर्नका लागि विगतमा मैले जुन किसिमको पहल गरेको थिएँ, त्यहीं हिसावमा बढ्न आमनागरिकबाट निर्देशन पाएको छु ।
संघीयता संस्थागत गर्न मेरो प्रदेशसभामै मेरो भूमिका आवश्यक छ भन्ने आमनागरिकको भावना मैले बुझें । त्यसैले मैले आमनागरिकको सल्लाह र सुझावअनुसार नै पुनः मैले मधेश प्रदेशको प्रदेशसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेद्वारी दर्ता गराइसकेको छ । पार्टीले मलाई पुनः प्रदेशसभामा मेरो भूमिका खोजेको हो ।
मधेश प्रदेश सरकारमा म साढे तीन वर्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा कार्य गरें । संघीयतालाई नेपालमा संस्थागत गर्न जति महत्वपूर्ण ऐन, कानूनहरु थियो ती कानूनहरु सबभन्दा पहिला मधेश प्रदेश सरकारले नै बनायो । प्रहरी सेवासम्बन्धी विधेयक, निजामती कर्मचारी सेवासम्बन्धी विधेयकलगायत महत्वपूर्ण ऐनहरु मधेश प्रदेश सरकारले नै ल्याएको हो ।
हाम्रो लक्ष्य समतामूलक समाज निर्माण गर्ने रहेको छ । त्यसकारण, लैंगिक विभेद र जातीय विभेदलाई अन्त्य गर्ने हिसावमा हामीले महिला सशक्तिकरण विधेयक ल्यायौं । दलित सशक्तिकरणसम्बन्धी ऐन ल्यायौं । जनसंख्याको आधारमा आरक्षणको व्यवस्था ग¥यौं । समतामूलक समाज र जनसंख्याको आधारमा राज्यको हरेक निकायमा सबै पहुँच गराऔं । त्यो हिसावमा हामी त्यस्ता कानूनहरु निर्माण गरेर अगाडि बढेका छौं ।
विकासको कुरा गर्ने हो भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हामी गरेका छौं । दुई–दुई वटा विश्वविद्यालयहरु निर्माणको क्रममा छ । मेरो निर्वाचन क्षेत्रमा नेपालकै सबभन्दा ठूलो ल्याब निर्माण भइरहेको छ । भ्याक्सिन भण्डारण गर्ने ठाउँ थिएन, त्यसका लागि भ्याक्सिन भण्डारण गर्ने केन्द्र निर्माण ग¥यौं ।
त्यस्तै, अन्तर्राष्ट्रिय रंगशालाहरु निर्माणका लागि संघीय सरकारसँग समन्वय ग¥यौं । कनेक्टिविटीका कुराहरु, सडक निर्माणका कुराहरु, विद्यालयहरुको स्तरोन्नति गर्ने कुराहरु, कृषिलाई औद्योगीकरण र वैज्ञानिकीकरण गर्न कृषि विद्युतीकरण लगायतका थुप्रै विकासका कामहरु हामीले गरेका छौं ।
देवानी संघीयताको दफा ११ मा लेखिएको छ कि प्रदेशमा भएका कुनै किसिमको उत्सव वा पर्व हो भने त्यो बेला प्रदेश सरकारले दिएको विदा संघीय सरकारले स्वीकृत गर्नेछ वा स्वीकार्य हुनेछ । म मन्त्री हुँदा प्रदेश सरकारले विदा दिँदा संघीय सरकार मातहतका कर्मचारीले उल्लंघन ग¥यो । जसकारणले हाम्रो संस्कृति, सभ्यतामाथि नै संघीय सरकारले आक्रमण गरेको हामी महसुस ग¥यौं । त्यो बेला म आफै धरणामा बसें । त्यसपछि संघीय सरकारको मन्त्रिपरिषद्बाट प्रदेश सरकारको विदा मान्य हुनेछ भनेर निर्णय भयो ।
त्यसकारण, यहाँका बुद्धिजीबी, व्यापारी, कृषक, युवा सबैको एउटै धारणा छ कि म फेरि प्रदेशसभा सदस्यकै रुपमा आउनुपर्छ । मेरो विजय भनेको आमनागरिकको विजय हो । आमनागरिकका भावनालाई कदर गर्दै पुनः मैले प्रदेशसभामै आफूलाई उम्मेद्वारी दिएको हुँ । मैले आफ्नो यो कार्यकालमा गरेका कामबाट हाम्रा मतदातासहित समग्र प्रदेशकै जनता खुशी छन् । मसँग कुनै किसिमको कसैको गुनासो छैन ।
मधेश प्रदेशको विकास सँगसँगै शिक्षा, स्वास्थ्य, अधिकार, संस्कृति र सभ्यताका कुरामा म गम्भीर छु । यो कुरा हाम्रो प्रदेशका सम्पूर्ण नागरिकले बुझेका छन् । त्यसकारण उहाँहरुको सल्लाह र सुझावको आधारमा मैले पुनः प्रदेशसभा सदस्यका लागि धनुषा ४ को (क) बाट उम्मेद्वारी दिएको छु । नागरिकको सहयोगबाट म अगाडि बढ्दै आएको छु ।
(जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समिति सदस्य एवं मधेश प्रदेशका पूर्वमन्त्री यादवसँग गरिएको कुराकानीको आधारमा)
तपाईको प्रतिक्रिया