नेपाली राजनीतिको एउटा प्रमुख प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कांग्रेस रहेको छ । यसले राष्ट्र, राष्ट्रियताको संरक्षण र सम्वद्र्धन तथा प्रजातन्त्रिक समाजवादी समाज निर्माण र विकास गर्ने ध्येय राख्दै आएको छ ।
पुरानो इतिहास र विरासत बोकेको नेपाली कांग्रेस अहिले १४औं महाधिवेशनको संघारमा छ । महाधिवेशनको सन्दर्भमा पार्टी पक्षधर बुद्धिजीवीहरू के कस्ता विश्लेषण गरिरहेका छन् र पार्टीको भाग्य र भविष्य निर्माण र सुदृढीकरण गर्न हस्तक्षेपकारी बौद्धिक वैचारिक भूमिका पनि निर्वाह गरिरहेका छन् कि छैनन् भन्ने सन्दर्भ उठेको छ । पार्टी अहिले संस्थापन र संस्थापन इतर समूहका रूपमा खडा भएको अवस्था देखिन्छ । नेपालमा अस्थिरता निम्त्याउने सजिलो काम भनेको पार्टी भित्रको आन्तरिक एकता खलल हुनु हो ।
काँग्रेस महाधिवेशनको संघारमा भएपनि जुन खालको सैद्धान्तिक वैचारिक तथा आगामी कार्यक्रम र कार्यनीति विधिका बारेम चर्चा हुनु पर्ने हो, त्यस हुन सकेको छैन । आगामी महाधिवेशनमा सभापतिका प्रत्यासीको लस्कर लागेको देखिन्छ तर अधिकांशले आफू सभापति हुँदा पार्टीलाई र रुख चिन्हलाई बहुमत दिलाउने चुनावी हल्का भाषणबाहेक पार्टीको नीति, विधि र पद्धतिबारे खासै बोलेको पाइन्न ।
एमालेको विरोध गरेर मात्र पार्टी बलशाली हुन्छ र आफू प्रभावशाली हुने भन्ने भ्रम काँग्रेसका नेताहरुमा छ ।
कांग्रेस १४औं महाधिवेशनको वैचारिक पक्षमा ध्यान केन्द्रित गर्न छाडेर विपक्षलाई अस्वस्थ्य गाली मात्र गरेर सबल बन्दैन भन्ने बुझनुपर्छ ।
कांग्रेसलाई कांग्रेस जस्तो बनाउन राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवाद विषयमा महाधिवेशनका बेला पार्टीमा देशव्यापी छलफल हुनुपर्छ । आफ्नै कमजोरीलाई निर्ममतापूर्वक शल्यक्रिया गर्न सक्ने क्षमता काँग्रेस र यसका नेताहरुले देखाउनुपर्छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र उम्मेदवारी चर्चाको रौनकले एक पटक काँग्रेस महाधिवेशनका लागि आम कार्यकर्तामा उत्साह जगाएको छ । अन्तिम समयमा को को प्रतिस्पर्धामा देखा पर्लान्, अहिले नै निक्र्योल गर्न सक्ने अवस्था भने छैन ।
महाधिवेशनमा हुने निर्वाचनमा एउटाले जित्ने हो र जसले जिते पनि काँग्रेसले जित्ने हो भन्ने भावना राख्नुपर्छ । यो प्रतिपस्र्धालाई स्वस्थ बनाएर काँग्रेसले लोकतान्त्रिक पार्टीको आफ्नो छविलाई उजिल्याउन सक्नुपर्छ, धूमिल हुन दिनु हँुदैन ।
तपाईको प्रतिक्रिया