शीतलहरबाट हुने क्षतिको रोकथाम गरौं

सम्पादकीय

जलवायु परिवर्तनले गर्दा विश्वको वातावरण बदलेर समस्या पैदा गरिरहेकोछ । अनावृष्टि, अतिवृष्टि ,वन डढेलो जस्ता प्राकृतिक विपत् जुनसुकै बेला अनपेक्षित रूपमा आउने गरेको छ ।

हालै मात्र पनि दक्षिण एसिया देश छिमेकी पाकिस्तानले यस्ता विषयमा गम्भीर हुन नसक्दा ठुलो क्षति बेहोर्नु परेको थियो । अकस्मातको बाढीले त्यहाँको एक तिहाई क्षेत्रलाई असर गरेको थियो भने लाखौँलाई विस्थापनाको पीडा भोग्नु परेको छ ।

तराई मधेशमा बर्सेनि शीतलहरको कहर आउने गरेको छ । कर्णाली प्रदेश पछिको सबै भन्दा कमजोर अवस्थामा रहेको मधेश प्रदेशमा शीतलहरबाट बढी क्षति हुने गरेको छ । कृषिबालीको क्षति मात्रै होइन मानवीय क्षति पनि हुने गरेको छ ।

हालै मात्र पनि यो वर्ष पनि चिसोबाट मर्नेहरूको खबर सार्वजनिक हुन थालेको छ । चिसोको मौसममा मर्नेहरूको बारेमा विशेष प्रकारको अध्ययनको अभाव रहेको छ । तर पनि चिकित्सकहरूका आधारमा कतिपय मृत्युहरू आवश्यक चिकित्सीय विधि नअपनाएर हुने गरेको छ ।

चिसो आउन पूर्व वृद्धवृद्धा र बालिकाहरूलाई सुरक्षाका लागि दिइने खोप नदिँदा मृत्यु हुने गर्छ । खोप दिँदा वृद्धवृद्धा र बालबालिकाहरूको छालाले चिसोको मौसममा हुन सक्ने संक्रमणबाट र प्राणघाती शारीरिक गतिविधि हुनबाट जोगाउँछ । चिसोमा न्यानो लुगाको अभावमा पनि कतिपयको मृत्यु हुने गरेको छ ।

तातोका लागि दाउराको अभावले सार्वजनिकस्थलमा आगो नबाल्दा चिसोको प्रकोप बढेर जान्छ । यस्ता विषयमा सरकारले तथा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

सरकार र सरोकारवाला सक्रिय रहेको छ भने व्यवहारमा देखा पर्नुपर्ने हो । व्यवहारमा नदेखिए त्यस्ता चासोको कुनै अर्थ हुँदैन । त्यसैले सरकारले जनताको समस्या समाधान गर्न इमानदार प्रयास गरेको देखिनुपर्ने हुन्छ । शीतलहरबाट मधेश प्रदेशमा कैयौंको ज्यान गइसकेका छन् ।

यस्ता मृत्यु हुन नदिन र सरकारले विपन्नका लागि गरिरहेको छ त्यसको भान जनतालाई गराउन शीतलहरबाट र चिसोबाट हुने मृत्यु रोक्न रोकथामको उपाय गरौँ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ