सीमावर्तीका नागरिकमाथि राज्यसत्ताको नाकाबन्दी

सम्पादकीय

एकल नश्लयि सोच र केन्द्रितकृत शासनसत्ताको मानसिकताका कारण सीमावर्ती क्षेत्रका नागरिक जहिले पनि दोहोरो मारमा पर्दै आएका छन् । राज्यले आफ्नो नागरिकलाई दैनिकी उपभोग्यवस्तु वा कृषिजन्य वस्तु उपलब्ध पनि गराउन नसक्ने र छिमेकी राष्ट्रबाट ल्याउँदा त्यसमा बन्देज लगाउने नीति लिएको छ । सीमा क्षेत्रमा भन्सार कार्यालयहरूले भारतबाट एक सय रूपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा कर तिर्नुपर्ने प्रावधान लगाएको छ ।

राज्यको नीति भनेको सदियौंदेखि रहँदै आएको नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई तोड्न खोज्नु हो । हवाई मार्गबाट क्विन्टलका क्विन्टल सुन, विभिन्न लागू पदार्थ लगायतका सामानहरू भित्रिरहेका छन् । तर सामान्य नागरिक आफ्नो दैनिकी धान्नका लागि रूपैयाँको सामान ल्याउँदा पनि राज्यले रोक लगाउन खोज्ने नीति लिएको छ । विश्वव्यापीकरण र आर्थिक उदारीकरणले अर्थ व्यवस्था जुन गतिले विस्तार भइरहेको छ । त्यसलाई नेपाली राज्यसत्ताले नियन्त्रण गर्न खोजेको हो ।

खुल्ला सिमाना अभिसाप होइन, बरदान हो भन्ने कुरा राज्यले बुझेको हुनुपर्छ । तर, आफ्नै देशका नागरिकलाई दमन गर्ने, करदाता र मतदाताको रूपमा मात्र हेर्ने नीतिले देश विकास र समृद्ध हुन सकिरहेको छ । व्यापारसँगै मानिसको सहज आवागमन आर्थिक सामथ्र्यका आधारमा साना मानिएका देशका लागि थप अवसर हो । सिमाना नियन्त्रणबाट खुलापन संकुचित हुन्छ । अमेरिकाको दक्षिणी सिमानाका देशहरूले अमेरिकाजस्तो विशाल बजार भेट्टाएरै आर्थिक उन्नतिमा छलाङ मारेका छन् ।

यूरोपेली संघ देशबीचको आपसी खुलापनबाट लोभलाग्दो आर्थिक प्रगति सम्भव भएको छ । यो आबद्धता आज एकीकृत शासकीय संरचनाको बहसतर्फ अगाडि बढ्न थालेको छ । भारतसँग हाम्रो आर्थिक सम्बन्ध बढी आबद्ध हुनुमा भौगोलिक सहजतामात्र होइन, योसँगै खुला सिमाना पनि प्रमुख कारण हो । खुला सिमानाले हाम्रो समाजमा ठूलो सांस्कृतिक विविधता ल्याउन सक्छ । विश्वका धेरै देशहरूमा खुला सिमानाहरू छन् ।

सामान्यतया, खुला सिमानाले अन्तर्राष्ट्रिय व्यापारलाई पनि प्रोत्साहन गर्छ । खुला सिमानाका साथ आफ्ना वस्तुहरू ढुवानी गर्न कम्पनीहरूलाई धेरै सहज हुने भएकाले कम्पनीहरूलाई आफ्नो लक्षित बजार विस्तार गर्न अझ बढी आकर्षक बन्नेछ । फलस्वरूप, त्यहाँ थप अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरू हुनेछन् जसले समग्र रूपमा हाम्रो विश्वव्यापी अर्थतन्त्रलाई फाइदा पु¥याउन सक्छ । राज्यले यदि सीमालाई पूर्णरूपमा बन्द नै गर्न खोजेको हो भने बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटाउनुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ