‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली’ र ‘सार्वभौम भई फैलिएको मेचि महाकाली’ यो हाम्रो राष्ट्रिय गानले शब्दचित्रमा हाम्रो विविधतालाई पनि देखाउँछ, भाषा संस्कृतिको पनि कुरा गरेको छ । फुलको रुपमा हामीलाई देखाएको छ भने थुंगाको रुपमा समूहलाई देखाएको छ । यो एउटा सिम्बोलिक हो । तर फुल त फुल्छ झर्नका लागि । फुल त सुक्न सक्छ नि र फुल सुक्यो भने मालाको धागो मात्रै रहन्छ अर्थात् भूगोल मात्रै रहन्छ ।
राष्ट्रियता जनतामा हुन्छ, भूगोलमा होइन । चन्द्रमा पनि एउटा भूगोल हो तर चन्द्रमाको कुनै राष्ट्रियता छैन । किनकि त्यहाँ मानिस बस्दै बस्दैन । हाम्रो जुन विविधता छ, त्यहीं विविधता सम्बोधनका लागि हामीले समावेशी लोकतन्त्रको कुरा ग¥यौं । त्यसैका लागि हामीले संघर्ष गर्दै आएका छौं कि जो बहिगर्मनमा परेका छन्, उनीहरुलाई समानताको अनुभूति होस् । जनआन्दोलनको समयमा ऐतिहासिक रुपमा जात, क्षेत्र, भाषा, संस्कृति, लैंगिक लगायतका आधारमा विभेद हुँदै आएको थियो, त्यो विभेदको अन्त्य गर्न कसरी राज्यको पुनर्संरचना गर्न सकिन्छ । राज्यको पुनर्संरचना कसरी गर्ने हो, पहिचानको आधारमा विभेद भइरहेको छ । त्यसै कारण राज्यको संरचना पनि पहिचानको आधारमा हुनुपर्ने हामीले नारा लगाएका थियौं, पहिचानसहितको संघ । तर, त्यो भएन ।
अहिलेको संघ पहिचानको आधारमा भएको छैन । जनआन्दोलनको जुन एजेण्डा थियो त्यो एजेण्डा सम्बोधन गर्न अन्तरिम संविधान बनेको थियो । अन्तरिम संविधानको प्रस्तावनामै भनिएको छ कि सबैको सहमतिमा राजनीतिक शक्तिले संविधानको निर्माण गर्नेछ । तर, अहिलेसम्म त्यस्तो भएको देखिँदैन ।
किनकि जुन अधिकार अन्तरिम संविधानले दिएको थियो त्यो अधिकारलाई कतिपय मान्छेका कारण राखिएन । यो संविधानमा धेरै त्रुटिहरु छन् । अहिले जुन संकट देशमा आएका छन्, त्यसको एक कारण हो कि हाम्रो त्रुटिपूर्ण संविधान हो । त्यसका कारण अहिले मुलुकमा संकट आएको छ । सरकारको कामकाजले पनि जुन कुरा हुनुपर्ने हो, त्यो भइरहेको छैन । सरकार गैरजिम्मेवार देखिएको छ । अहिले यो सरकारका लागि जनता केही छैन । हामी अरुमा नै निर्भर छौं । बेरोजगारी बढेको छ । पहिला पहाडका मानिसहरु वैदेशिक रोजगारीका लागि बढी जान्थे तर अहिले मधेशबाट जानेको संख्या बढी छन् ।
तपाईको प्रतिक्रिया