तिब्बतको आम डिएनए नमूना कार्य नाङ्गियो

फिचर

काठमाडौं, १५ कार्तिक । सेप्टेम्बर २०२२ ह्यमुन राइट्स वाच (एचआरडब्लु)को रिपोर्टले तिब्बतमा चिनियाँ निगरानी र प्रहरी कार्यको थोरै बुझिएको अवधारणको खुलासा गर्छ ।

सिनजिआङमा यस्ता घटनाबारे उयुगुर मुसलमानहरूसँग भएको घटनाबारे जानकारीमा आउन अघि बुझिएको भएपनि हालै मात्र तिब्बतमा भएको डीएनए फ्राmेफाइलिङको घटनाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ । तिब्बतीहरूबाट डीएनए संकलन गर्ने कार्यको मनसाय सिनजिआङमा उयुगुरको केसमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेजस्तै विदेशमा रहेका तिब्बतीहरूका नातेदारहरूको प्रोफाइल बनाउन र पहिचान गर्न प्रयोग गर्न रहेको छ ।

यस्ता डेटाको व्यापक संकलन तिब्बत स्वायत्त क्षेत्र र सिनजिआङ दुवै क्षेत्रको तल्लो तहसम्म डेटाको प्राप्ति तथा निगरानी क्षमता बढाउने चीनको चाहनाहरूलाई दर्शाउँछ । आम डीएनए संकलन तिब्बतमा बृह्तर निगरानी र प्रहरी उपस्थिति बलियो पारिरहन एक तार्किक विस्तार हो ।

विशेषगरी यो तीन महानहरू( द थ्री ग्रेट्स) मार्फत र अन्य गाउँस्तरीय प्रहरी अभिप्रेरणाहरूबाट चालित हुन्छ ।महत्वपूर्णरूपमा डीएनए नमूनाहरूसँग कुनै व्यक्तिको पहिचान गर्ने शक्ति मात्रै हुँदैन कि ती व्यक्तिको अनुवांशिक नातेदारहरूको पनि पहिचान गर्ने शक्ति हुन्छ ।

यसको अर्थ भनेको प्रहरीद्वारा सञ्चालित डीएनए डेटाबेसको सम्भावित व्याप्तिले प्रहरीद्वारा डीएनए नमूना संकलन गरिएका व्यक्तिहरू भन्दा टाढासम्म पहुँच कायम गर्छ जसमा ती व्यक्तिहरूका तत्कालका र टाढाका नातेदार तथा सम्भावित बालबालिकाहरूको पहिचान गराउँछ भन्ने हो ।

तिब्बत स्वायत्त क्षेत्रमा सञ्चालित आम डीएनए संकलन सबै परफेक्चर वा नगरपालिकाहरूमा सञ्चालन भइरहेका छन् ।ह्युमन राइट्स वाचले तिब्बत स्वायत्त क्षेत्रका सबै सात नगरपालिकास्तर विभिन्न १४ स्थानीयहरूमा यसको पहिचान गरेको छ । यसमा एक परफेक्चर, दुई काउन्टी, दुई टाउन, दुई टाउनसिप र ७ भिलेजको रूपमा वर्गीकरण गरिएका १४ क्षेत्रहरू छन् ।( चाइनाः न्यु इभिडेन्स अफ मास डीएनए कलेक्सन इन टिबेट, ह्युमन राइट्स वाच, ७ सेप्टेम्बर २०२२) जुलाई सन् २०१९को सरकारी खरिद दस्तावेजले तिब्बत स्वायत्त क्षेत्र प्रहरीले क्षेत्रीय स्तर डीएनए डेटाबेस निर्माण गर्न ठेकदारहरूबाट बोल कबोल आवेदन माग गरेको दर्शाउँछ ।

नोभेम्बर २०१९मा निङत्री प्रहरीले एक परफेक्चर स्तरको एकाइले पनि डीएनए डेटाबेस निर्माणको घोषणा ग¥यो । उदाहरणका लागि जुलाई २०१५मा ल्हास प्रहरीले १६ लाख अमेरिकी डलर बराबरको लागतमा डीएनए परीक्षण खरिद तथा न्यायसम्बन्धी(फरेन्सिक)उद्देश्यका लागि खोजी डेटाबेस निर्माण गर्ने घोषण ग¥यो ।

संदिग्धहरूबाट संकलित डीएनएको पहिचान गर्न यो घोषणा गरियो अनि मार्च २०१८मा ल्हासाको ताक्त्से काउन्टीको गाउँ प्रहरीले सबै आप्रवासी मजदुरहरूबाट डीएनए संकलन ग¥यो । आम डीएनए संकलन कार्यहरूले तिब्बत स्वायत क्षेत्रमा सन् २०१९देखि विशेषरूपमा विगतको सरकारी प्रयासहरू भन्दा धेरै टाढा यस्ता बायोडेटाको संकलन गर्ने अधिकारीहरूको विस्तार गर्छ ।तिब्बत स्वायत्त क्षेत्रको तल्लो तहसमम प्रहरीको उपस्थिति स्थापित गर्न चिनियाँ अधिकारीहरूद्वारा जारी प्रयासहरू अन्तर्गत यी कार्यहरू गरिन्छन् ।

डीएनए संकलन तिब्बतको फौजदारी अपराध रेकर्डको चेक गर्न गरिन्छ तर प्रहरीसँग कुनै प्रमाण छैन जसले यस्ता संकलन कारण गर्नुपर्ने गरी फौजदारी अपराधसम्बन्धी विश्वसनीय आधार प्रस्तुत गर्छ । ह्युमन राइट्स वाचले अध्ययन गरेका रिपोर्टहरूले अस्थायी स्थायी सबै किसिमक बासिन्दाहरूको डीएनए संकलन गरिएको दर्शाउँछन् ।कुनै पनि रिपोर्टमा कुनै बासिन्दासँग नमूना नदिन पाउन अस्वीकारको अधिकार रहेको दर्शाउँदैन् ।

उदाहरणका लागि सात क्षेत्र मध्ये एक चाम्दो नगरपालिकामा डीएनए संकलनको उद्देश्यलाई प्रमाणीकरण सक्षमतामा सुधार गरिरहन र भागिरहेका व्यक्तिलाई समात्न सहयोग पु¥याइरहनु भनी व्याख्या गरिएको थियो । यो क्षेत्रका अन्य ठाउँहरूका बासिन्दाहरूालाई डीएनए संकलन कार्य आम अपराध पता लगाउने आवश्यकताको रूपमा रहेको बताइएको थियो ।

एक अधिकारीको रिपोर्टमा आम संकलन सार्वजनिक सुरक्षा अंगहरूका लागि विविध अवैध केसहरू पता लगाउन र अवैध तथा आपराधिक तत्वहरूमाथि प्रभावकारी कारबाहीका लागि आवश्यक रहेको रूपमा राखिएको छ । सन् २०२०को अंगुरबाट बनाइने मदिरा जम्मा गर्ने प्रमाणले आम डीएनए संकलन तिब्बत स्वायत्त क्षेत्रमा यो भन्दा धेरै पहिले भएको सोचिएको जनाउँछ ।

यी दाबीहरू सन् २०१३मा सुरु भएको सबैका लागि चिकित्सा कार्यक्रम नाम दिइएको आम स्वास्थ्य जाँच स्किमबारे औपचारिक प्रतिवेदनहरूमा आधारित छन् । ह्युमन राइट्स वाच (२०१७)ले यो कार्यक्रमको लक्ष्य स्वास्थ्य हेरचाह सुविधा दिने प्रक्रियामा सुधार गर्नु रहेको जनाउँछ तर सिनजिआङमा अधिकारीहरूले १२देखि ६५ वर्ष उमेर समूहका बासिन्दाहरूको डीएनए चुपचाप तरिकाले गरेको जानकारी दिन्छ ।(एमिली ड्रिक्स, मास डीएनए कलेक्सन इन टिबेट अटनमस रिजन,२०१६–२०२२, सेप्टेम्बर १३,२०२२, युनिभर्सिटी अफ टोरन्टो) ।

नागरिक प्रयोगशालाले चीनको प्रहरीले विगत ६ वर्षहरूमा तिब्बत स्वायत्त क्षेत्रमा डीएनए नमूना संकलन ९लाख २० हजार देखि १२लाखसम्म गरिएको पता लगाउँछ ।यी आँकडाहरू तिब्बत स्वायत्त क्षेत्रको कुल जनसंख्याको एक चौथाइदेखि एक तिहाइसम्म रहेको जसको ठुलो हिस्सा पश्चिमी तिब्बतमा रहेको देखिन्छ ।(इन्टरनेसनल क्याम्पेन फर टिबेट, रिपोर्टेड मास डीएनए कलेक्सन एम्स टु अन्डरमाइन टिबेटन आइडेन्टिटी, सेप्टेम्बर १३, २०२२)।

ह्युमन राइट्स वाचको नयाँ रिपोर्टको अवलोकनबाट सन् २०१०को सुरुदेखि चीनको अन्य क्षेत्रहरूमा डीएनए संकलन सुरु भएको देखिन्छ । यो छनौटका आधारमा वा आप्रवासी, पूर्व कैदीबन्दीहरू, संदिग्ध अपराधीहरू वा सुरक्षा नियोगहरूद्वारा किटानी गरिदिएका सामाजिक समूह वा सन् २०१७ देखि देशका सबै पुरुषहरूको ८.१देखि २६.४ प्रतिशत पुरुषको डीएनए कार्यक्रम प्रहरी गर्ने गरी छुट्टयाइएको समूह वा प्रहरीले समस्याजन्य जनसंख्याको समूह निर्धारण गरेको समूहहरूमा संकलन सुरु भएको देखिन्छ ।

समग्र क्षेत्रमा वा सुरक्षा व्यवस्थाका लागि जनताको डीएनए नमूना संकलन बाध्यकारी बनाउनु एक गम्भीर मानव अधिकार उल्लंघन हो ।उपलब्ध प्रमाणले सन् २०१९ पहिलेदेखि डीएनए संकलन पनि जनताको निश्चित समूहमा केन्द्रित रहेो जनाउँछ । तिब्बत स्वायत्त क्षेत्रका गाउँहरूमा डीएनए संकलन( जनवरी २०२२) द थ्री ग्रेट्स कार्यक्रमका चिनियाँ अधिकारीहरूले सञ्चालन गरेको डीएनए कार्यक्रम अन्तर्गत भएको रिर्पोटमा जनाइएको छ ।

पूर्णरूपमा यसलाई एक एक गरी निरीक्षण कार्यलाई ग्रेट वन बाइ वन इन्सपेकसन भनिएके छ भने महान अनुसन्धान र महान औषधिमूलोको रूपमा गाउँका प्रहरी स्टेसनमा आवश्यक हुन्छ वा नजिकको शहरस्तरीय प्रहरी स्टेसनका लागि आवश्यक गरिएको हुन्छ । जसमा हरेक घरिपरिवारको भ्रमण गरी उनीहरूको दृष्टिका बारेमा सवाल गरिन्छ । ल्होद्राक , ग्यात्सा, नेदोङ, चोङगे, चुशुल, ल्हासा शहर र बायीबाट लिइएको औपचारिक मिडिया रिपोर्टमा तल्लोतहको सामाजिक सुशासन प्रणालीलाई विभिन्न प्रयासहरू मध्येको एक कार्यक्रमको रूपमा व्याख्या गरिन्छ ।

प्राथमिकरूपमा गाउँस्तरमा प्रहरीको उपस्थिति बढाएर गरिन्छ ।प्रहरीलाई द थ्री ग्रेट्सलाई ल्होद्राकमा अगाडि बढाइरहन उदाहरणका लागि दक्षिण तिब्बतका गाउँमा जान र हरेक घरपरिवारमा गएर सत्य पता लगाउन जाल शैलीको अनुसन्धन अगाडि बढाउन भनिएको थियो । यो अभ्यासको लागि केही निश्चित योजना बनाएकै हुनुपर्छ ।

तिब्बत स्वायत्त क्षेत्रको वेबसाइट अनुसार चाम्दो नगरपालिकाको प्रहरीले (मे २०१९यता)एक वर्ष लामो विविध प्रकारका आधारभूत डेटा तथा सूचना संकलन अगाडि बढायो र औँठा छापको डेटाबेस र समग्र जनताको डीएनए नमूनाको डेटावेस स्थापना ग¥यो । मे २०१९को चाम्दो नगरपालिकाको रिपोर्टले डीएनए सम्रग जनसंख्याबाट संकलन गरिएको र न कुनै गाउँ वा बौद्ध बिहार नत कुनै घरपरिवार वा व्यक्तिलाई नछुटाउने गरी डीएनए संकलन गर्न प्रहरीलाई भनिएको विशेष जानकारी गराउँछ ।मे २०१९सम्म प्रहरीले कम्तीमा नगरपालिकाका कम्तीमा ५लाख २४ हजार ५सय तदनुरूप कुल जनसंख्याको ६९ प्रतिशत डेटा संकलन गरिएको थियो ।

चाम्दोमा प्रहरीले बौद्ध भिक्षुहरूबाट डीएनए नमूना संकलन गरियो र रिपोर्टमा जनाइए अनुसार त्यस क्षेत्रका ७८ मन्दिर तथा धामिर्कस्थलबाट डेटा संकलन ग¥यो ।भिक्षुहरू तिब्बती समाजका महत्वपूर्ण आधारस्तम्भहरू हुन र त्यसैले यो अचम्म मान्नुपर्ने विषय रहेन कि प्रहरीले उनीहरूको डीएन संकलनलाई पनि लक्ष्य बनाएका छन् । चाम्दोको न्गारी परफेक्चरमा मे २०२०मा डीएनए संकलन गरियो ।

जुन र जुलाई २०२१मा प्रहरीले न्यीमा शहर र नागचु नगरपाकिाको अजा शहरका बासिन्दाहरूबाट डीएनए संकलन कार्य ग¥यो । नोभेम्बरमा प्रहरीले न्यीङत्री परफेक्चरमा पर्ने मेदोङका बासिन्दाबाट डीएनए संकलन सुरु ग¥यो । डिसेम्बर २०२१बाट गत जनवरी २०२२समम प्रहरीले ल्हासा नगरपालिकाको दामशुङ काउन्टीको गेदा टाउनसिपका बासिन्दाबाट डीएनए संकलन गरियो ।

सिगात्से नगरपालिकाको साक्या काउन्टीका विभिन्न चार टाउनसिपमा पर्ने ६ गाउँहरु र ल्होखा नगरपालिकाको चोङगे काउन्टीको लायु टाउनसिपबाट डीएनए संकलन गरियो । अप्रिल २०२२मा प्रहरीले (ल्हासा नगरपालिका)न्येमो काउन्टीमा नेमो टाउनका बासिन्दाहरूको डीएनए संकलन सुरु गरिए जसमा कम्तीमा पूर्वप्राथमिक किन्डरगार्टेनका बालबालिकाहरू समेत रहेका थिए ।

(ह्युमन राइट्स ,५ सेप्टेम्बर २०२२) । केही रिपोर्टहरूले बालबालिका र पाँच वर्ष उमेरकाहरू डीएनए संकलनमा सामेल गरिएको संकेत गर्छन् ।गोलोक परफेक्चरको सिआ दाउ टाउनमा प्रहरीले डिसेम्बर २०२०मा ५देखि ६० वर्ष उमेर समूहका सबै पुरुषहरूको डीएनए संकलन गरिने घोषणा ग¥यो ।

अप्रिल २०२१को गोलोकको किनझेङ टाउनसिपको रिपोर्टको फोटोमा प्राथमिक स्कूलका पहिलो वर्षका केटाहरूबाट डीएनए नमूना लिइएको देखिन्छ ।रिपोर्टहरूमा बालबालिकाहरूले वा तिनका अभिभावकहरूले त्यसो गर्न अनुमति दिएका थिए वा थिएनन त्यसको प्रमाण भेटिँदैन् ।

तिब्बतमा चीनको कार्यहरू तिब्बती पहिचानको अवमूल्यन गरिरहेको अर्को कदम हो ।खतरा भनेको यी कदमहरूले तिब्बत स्वायत्त क्षेत्रमा बसिरहनेहरूका लागि मात्र असर गर्ने होइन कि भारतलगायत विदेशमा बसिरहेका लागि पनि असर गर्नेछ ।यस्ता गतिविधिलाई निगरानी गर्नु आवश्यक छ किनकि यो क्षेत्रीय सुरक्षाका लागि स्पष्ट खतरा उपस्थित गराउँछ ।

किनघाइ प्रान्तको युशु नगरपालिकाको ड्रिटोइका बासिन्दाहरूबाट डीएनए संकलन गर्दै प्रहरीहरू ( झाहे प्रहरी स्टेसनले झिदोइ काउन्टीको सार्वजनिक सुरक्षामा डीएनए रगग संकलन गर्दै वीच्याट सेप्टेम्बर १०,२०२१ )
स्रोत डब्लडब्लुडब्लु डट एचआरडब्लुडटओआरजी

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ