अमेरिकाले दिए चीनलाई चेतावनी

विश्व

4/8/2021

काठमाडौं । फिलिपिन्स र ताइवानले सामना गरिरहेका चीनको आक्रामक कदमको विरोधमा अमेरिकाले चेतावनी दिएको छ । आफ्ना पार्टनरहरूप्रतिको दायित्वका रूपमा अमेरिकाले चाल्न सक्ने कदमबारे बेइजिङलाई सचेत गराउँदै अमेरिकाले चेतावनी दिएको हो ।

‘फिलिपिन्स विरुद्धको सैन्य आक्रमण, दक्षिण चीन सागर लगायत प्रशान्त क्षेत्रमा सैन्य बल, सार्वजनिक पानी जहाज वा विमानलगायतको उपस्थितिले अमेरिका–फिलिपिन्स म्युचुअल डिफेन्स सन्धि अन्तर्गतका दायित्वहरूलाई बढावा दिनेछ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रिन्सले भनेका छन् ।

‘ह्विटसन समुद्री चट्टान नजिक चिनियाँ जल सेनाका जहाजहरुको उपस्थिति प्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ’, उनले भनेका छन् ।

गत मार्च ७ मा फिलिपिन्सको अधिकार प्राप्त क्षेत्रमा २०० चिनियाँ जहाजहरु देखा परेका थिए । चीनले दक्षिण चीन सागर पुरैमा आफ्नो दाबी गर्दै आएको छ ।

ताइवानको हवाई रक्षा क्षेत्रमा १५ भन्दा बढी चिनियाँ विमान आएको बताइएको छ । ताइवानले आफूले आफ्नो बचावका लागि कदम चाल्ने चेतावनी दिएको छ । चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रूपमा हेर्दै आएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ