अष्ट्रेलियामा चिनियाँ राजदूतले फैलाए प्रोपोगाण्डा

विश्व

4/22/2021

काठमाडौं । अष्ट्रेलियाका लागि चिनियाँ राजदुत चेंग जिनेले त्यहाँको राजधानी क्यानबरामा आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारहरुलाई दबाब दिनुका साथै विभिन्न प्रोपोगाण्डा सहितका भिडियोहरु प्रदर्शन गरेकोप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अप्रिल ७ मा भएको उक्त घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) र यसको आवद्ध संस्था मिडिया इन्टरटेनमेन्ट एण्ड आर्ट अलायन्स (एमईएए)ले अष्ट्रेलियाली पत्रकारहरुसँगको दुश्मनी बन्द गर्न र कुनै हस्तक्षेप विना नै अष्ट्रेलियाली पत्रकारहरुलाई चीनमा रिर्पोटिङ गर्न दिन आग्रह गरेको छ ।

क्यानबेरामा भएको पत्रकार सम्मेलनमा चिनियाँ राजदुतले उइगर मुस्लिम समुदयामाथि चीनले गरिरहेको दमनको बचाउ गर्दै भ्रामक गवाही र भिडियोहरु प्रस्तुत गरेका थिए ।
चिनियाँ राजदुत जेनले कुनैपनि उइगर मुस्लिम नागरिकहरु सिन्जियांङको यातना शिविरमा नरहेको दाबी गरेका छन् ।

उनले भने थिए, ‘यातना शिविरमा १० लाख उइगर मुस्लिमहरु राखिएको छन् भन्ने समाचार पूर्णरुपमा झुटो हो ।’

तर चीनले सिन्जियांङमा उइगर मुस्लिम समुदायमाथि दुव्यर्वहार गरेको दबाब झेलिरहेका बेला आईएफजेले गरेको एक अनुसन्धानबाट अर्को महत्वपूर्ण कुरा बाहिरिएको छ ।

आईएफजेको अनुसन्धानबाट चीनले आफ्नो देशका गम्भीर मुद्दाहरुबाट विश्वको ध्यान हटाउन मिडिया, सञ्चारमाध्यमको प्रयोग गर्दै परष्कृत रणनीति अपनाउने गरेको पाइएको हो । चीनमा सम्पूर्ण सञ्चारक्षेत्र सरकारी नियन्त्रणमा भएका कारण पनि चीनलाई यसो गर्न सहज हुन्छ ।

तर, चीन यो रणनीतिमा नअल्झेर निष्पक्ष रुपमा रिपोर्टिङ गर्ने पत्रकारहरुलाई देश निकाला गर्ने गरेको देखिन्छ । सन् २०२० को सेप्टेम्बरमा चिनियाँ अधिकारीहरुले एफआरका पत्रकार माइक स्मिथ र एबीसीका पत्रकार बिल बर्टल्सलाई देश छोडेर भाग्न बाध्य गराएका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ