आतङ्कवादविरुद्ध लड्न भारत र मालदिभ्सले गरे अन्तर्राष्ट्रिय सहयोगको आह्वान

विश्व

4/13/2021

काठमाडौँ । भारत र मालदिभ्सले सीमा आतङ्कवाद विरुद्ध निरन्तर लड्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । हिंस्रक आतङ्कवाद र विद्रोहवादको विरुद्धको संयुक्त कार्य समूहको पहिलो बैठकपछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले यस्तो आव्हान गरेका हुन् ।

कार्यक्रमको भारतीय पक्षको नेतृत्व सचिव (पश्चिम), विदेश मन्त्रालय, विकास स्वरूप र मालदिभ्स पक्षको नेतृत्व विदेश सचिव अब्दुल गफूर मोहम्मदले गरेका थिए ।

उनीहरूले कुनै पनि देशले तत्काल, दिगो, सत्यापित र अपरिवर्तनीय कारबाही गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिए । उनीहरूको नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र अरूमाथि हुने आतङ्ककारी हमलाको लागि प्रयोगमा ल्याउन नहुने तथा त्यस्तै आक्रमणका पीडकहरूलाई छिटो न्याय दिलाउन पर्ने मा पनि जोड दिए ।

दुवै पक्षले संयुक्त राष्ट्र सङ्घीय प्रतिबन्ध अन्तर्गत रहेका आतङ्कवादी संस्थाहरूले निरन्तर खतराहरू सम्बोधन गरेको समीक्षा गरे र सबै आतङ्कवादी नेटवर्कहरू विरुद्ध ठोस कारबाही गर्नुपर्नेमा जोड दिए ।

२०१९ जुनमा मालदिभ्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य भ्रमणको क्रममा जारी संयुक्त बयानको सन्दर्भमा, दुवै पक्षले आतङ्कवाद, हिंस्रक अतिवादीले यस क्षेत्रको शान्ति र सुरक्षामा पार्ने खतराहरू सम्बन्धी सम्बोधन गरेका थिए ।

दुवै पक्षले कट्टरपन्थीकरण र हिंस्रक उग्रवादको प्रतिरोध गर्ने, आतङ्कवादको आर्थिक सहयोगको विरोध गर्ने, आतङ्कवाद र हिंस्रक अतिवादीको लागि इन्टरनेटको दुरुपयोग रोक्न, सूचना बाँडफाँड, क्षमता अभिवृद्धि र संस्थागत पुलिस, सुरक्षा बलहरू, भन्सार, अध्यागमन र अन्य सम्बन्धित एजेन्सीहरूका बिच सम्बन्ध स्थापना जस्ता सहयोगका विभिन्न क्षेत्रहरूमा पनि विचार विमर्श गरेका छन् ।

दुवै पक्षले सुरक्षा र कानुन प्रवर्तन एजेन्सीहरू र मालदिभ्सका अन्य सम्बन्धित एजेन्सीहरूको लागि सहयोग र क्षमता अभिवृद्धि गर्ने साथै आतङ्कवादको रोकथाम र हिंसा रोक्नको लागि उत्तम अभ्यासको आदानप्रदान गर्ने र सहयोगलाई अझ मजबुत बनाउन सहमति जनाए । दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहयोगका बारे पनि छलफल गरे ।

माल्दिभ्सि प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा बस्दा राष्ट्रिय सुरक्षा गार्ड र पुलिस अनुसन्धान तथा विकास ब्युरोको तालिम केन्द्रहरूको पनि भ्रमण गर्नेछन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ