आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण

विश्व

4/8/2021

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले सन् २०२१ जनवरीदेखि अर्को वर्षको सोही महिनासम्म भारतको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशतका वृद्धि देखिने प्रक्षेपण गरेको थियो । तर, पछिल्लो प्रक्षेपणमा भने आईएमएफले भारतीय वृद्धिदरको आकार आश्चर्यजनक देखाएको छ । सन् २०२१–२२ मा त्यहाँको आर्थिक वृद्धिदर १२ दशमलव ५ प्रतिशत हुने उल्लेख गरेको छ ।

आईएमएफले गत जनवरीमा गरेभन्दा पछिल्लो प्रक्षेपणले भारतको आर्थिक वृद्धिदर निकै धेरै हुनेमात्र देखाएको छैन, चीनलाई समेत उछिन्ने अंक प्रस्तुत गरेको बीबीसी हिन्दीमा उल्लेख छ । सन् २०२१–२२ मा आईएमएफले चीनको अनुमानित आर्थिक वृद्धिदर ८ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सन् २०२१ र २०२२ मा विश्व अर्थतन्त्रमा निकै राम्रो सुधार हुने तथा वृद्धिदर पनि पहिलेभन्दा बढ्ने आईएमएफका मुख्य अर्थशास्त्री गीता गोपीनाथले दाबी गरेकी छिन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ