वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय धर्म स्वतन्त्रताका लागि पूर्व अमेरिकी राजदूत साम ब्रउनब्याकले उइगुरको विषयमा डच (नेदरल्याण्ड) संसद्को निर्णयको प्रशंसा गरेका छन् ।
चीनमा अल्पसङ्ख्यक उइगुर समुदायमाथि सरकारको दमनलाई नरसंहारको संज्ञा दिन डच सांसदले प्रस्ताव पारित गरेपछि पूर्व अमेरिकी राजदूत ब्रउनब्याकले समर्थन जनाउँदै प्रशंसा गरेका हुन् ।
ब्रउनब्याकले ट्विट गर्दै डच संसद्को कदमलाई उदाहरणको रूपमा लिन युरोपेली सङ्घलाई समेत आग्रह गरेका छन् ।
डच सांसदले चीनमा अल्पसङ्ख्यक उइगुरमाथि चिनियाँ कम्युनिस्ट पार्टीको दमनलाई नरसंहारको संज्ञा दिएर महत्त्वपूर्ण कदम लिएको र युरोपेली सङ्घले पनि यसलाई उदाहरणको रूपमा लिनुपर्ने ब्रउनब्याकले ट्विट गरेका छन् ।
नेदरल्याण्डको सांसदले केही समयअघि चीनमा उइगुरमाथिको दमन नरसंहार रहेको बताउँदै प्रस्ताव पारित गरेको थियो। अल्पसङ्ख्यक उइगुरमाथिको दमनलाई नरसंहारको संज्ञा दिने नेदरल्याण्ड पहिलो युरोपेली मुलुक बनेको छ ।
तपाईको प्रतिक्रिया