बेइजिङ । दक्षिण चीन सागरमा प्रभुत्व जमाउन चीनले समुद्रको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरिरहेको विश्लेषकहरूले बताएका छन् । गत वर्ष चीनको रक्षा मन्त्री जनरल चाङ वान क्वानले समुद्रमा जनयुद्धको तत्परताका लागि आह्वान गरेका थिए ।
जेम्स होम्सले द नेशनल इन्ट्रेस्टमा समुद्री कानुनको लागि अन्तर्राष्ट्रिय न्यायाधिकरणले गरेको प्रतिकूल फैसलापछि त्यस्तो अभियानको उद्देश्य सार्वभौमिकताको रक्षा गर्नु रहेको लेखेका छन् ।
यसभन्दा अघि संयुक्त राष्ट्र सङ्घीय महासन्धि सम्मेलनको न्यायाधिकरणले बेइजिङले दक्षिण चीन सागरको ८०–९० प्रतिशतमा फैलाएको निर्विवाद सार्वभौमिकताको दाबीलाई गलत ठह¥याएको थियो । तर, चीनले भने दक्षिण चीन सागरको आफ्नो दाबीलाई कायमै राखेको छ ।
दक्षिण चीन सागरमा गरिएको चिनियाँ दाबीका कारण मलेसिया, भियतनाम, इन्डोनेसिया, फिलिपिन्सलगायतका मुलुकहरू समस्यामा परेका छन् । उनीहरूले संयुक्त राज्य अमेरिकालाई गुहार्दै चिनियाँ हस्तक्षेपविरुद्ध सहयोगका लागि आह्वानसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया