सिड्नी । अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ ।
अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ वटा सम्झौता रद्द गरेको घोषणा गरेका हुन् । त्यसमध्ये दुई वटा सम्झौता बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित रहेका छन् ।
यो सम्झौता अस्ट्रेलियाको भिक्टोरिया राज्यले चीनसँग २०१८ र २०१९ मा सम्झौता गरेको थियो ।
अस्ट्रेलियाको संघीय सरकारलाई गत डिसेम्बरमा कुनै पनि प्रान्त वा विश्वविद्यालयद्वारा गरिएको निर्णय रद्द गर्न सक्ने भिटो पावर दिइएको थियो ।
अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले विदेश नीतिका कारण चीनसँगको सम्झौता खारेज गरिएको हो । ‘म यी चार सम्झौता अस्ट्रेलियाको विदेश नीति र हाम्रो कूटनीतिक सम्बन्धको प्रतिकूल रहेको ठान्छु,’ विदेशमन्त्री पेनले भनेकी छिन् ।
तपाईको प्रतिक्रिया