टोकियो । चीनले जापानको टापुमा दाबी गरेपछि दुई मुलुकबिचको सम्बन्धमा समस्या पैदा भएको छ । यसअघि डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा रक्षा मन्त्री मार्क इस्परले जापानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हाल बाइडेन प्रशासनका अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पनि जापानी समकक्षीसँगको पहिलो फोनवार्तामा चीनले दाबी गरेको जापानी टापुको रक्षाका लागि आफ्नो सहयोग रहने प्रतिबद्धतालाई दोहो¥याएका हुन् ।
जापानका रक्षामन्त्री नोबुओ किशीसँग कुराकानी गर्दै अस्टिनले संयुक्त राज्य अमेरिका र जापानबिचको सुरक्षा सन्धिको धारा ५ ले जापानप्रति अमेरिकी रक्षा दायित्व निर्धारण गरेको बताएका छन् ।
यी टापुलाई जापानमा सेन्काकू टापु र चीनमा दियाओयु भनेर चिनिन्छ । अस्टिनले संयुक्त राज्य अमेरिका पूर्वी चीन सागरमा यथास्थिति परिवर्तन गर्ने कुनै एकपक्षीय प्रयासको विरोध गर्नसमेत बताएका छन् ।
जापान पूर्वी चिनियाँ समुद्री किनारमा टापुहरूका वरिपरिको पानीमा आक्रमणसहित चिनियाँ गतिविधिहरू बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि पहिलो पटक टोकियो र वासिङ्टनबिच मन्त्री स्तरीय छलफल भएको थियो । रिटायर आर्मी जनरल अस्टिन अमेरिकाको पहिलो अश्वेत रक्षा मन्त्री बनेका हुन् ।
तपाईको प्रतिक्रिया