पाकिस्तानमा फाँसीवाद बढेको पाकिस्तानी पूर्व कूटनीतिज्ञको भनाई

विश्व

4/23/2021

इस्लामाबाद । बेलायतका लागि पूर्व पाकिस्तानी राजदूत वाजिद शमशुल हसनले पाकिस्तानमा फाँसीवाद बढेको बताएका छन् ।

इमरान खानको नेतृत्वमा रहेको सरकारको आलोचना गर्दै हसनले डेली टाइम्समा प्रकाशित आफ्नो लेखमा भनेका छन्, ‘पाकिस्तानमा आउँदै गरेको पतनले सरकारप्रति असन्तुष्टि बढाउँदै लगेको छ । सरकारले भने आफ्नो फाँसीवादी गठबन्धनलाई बढाउँदै लगेको देखिएको छ ।’

यसले केवल मिडियामा मात्र नभई विपक्षी राजनीतिज्ञ, नागरिक समाज, बुद्धिजीवीहरूलाई तथा महिला र अल्पसंख्यकविरुद्ध हिंसात्मक गतिविधि बढाउने काम गरिरहेको उनले भनेका छन् ।

विशेष गरी शान्तिप्रेमी सिया हजार समुदायमाथिको पाकिस्तानी आक्रमणले यसको उजागर गरेको उनले बताएका छन् । ह्युमन राइट वाचको सन् २०२१ को रिपोर्ट अनुसार अल्पसङ्ख्यकहरूको व्यवहारमा हिंसामा लगातार वृद्धि भएको, महिला, बालबालिकाको दुव्र्यवहार र पाकिस्तानी समाजका कम सुविधा प्राप्त सदस्यहरूमाथि थप उत्पीडन भइरहेको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ