नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।
उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् उनको अवस्था सामान्य नै रहेको अधिकारीहरूले जनाएका छन् ।
कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झन्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया