भारतद्वारा सुडानलाई आवश्यक र जीवनदायी औषधीहरु प्रदान

विश्व

4/23/2021

काठमाडौं । ‘विश्वको फार्मेसी’ को रूपमा परिचित र वर्तमान कोविड १९ महामारीको महत्वपूर्ण चरणमा आवश्यक औषधिहरूको आपूर्ति सुनिश्चित गर्न अग्रणी रहेको भारतले सोमबार सुडानमा ६ मेट्रिक टन अत्यावश्यक र जीवन बचाउने औषधीहरूको आपूर्ति गरेको छ ।

“सुडानलाई भारतले उपहारमा पठाएको ६ मेट्रिक टन आवश्यक र जीवन बचाउने औषधिको संग्रह संघीय स्वास्थ्य मन्त्रालय (एफएमओएच) ले हिजो प्राप्त गरेको छ । एफएमओएचले कठिन समयमा भारतको निरन्तर सहयोगको सराहना गरेको छ । ” भारतीय दूतावास, खार्तोम, सुडानले मंगलबार उक्त सामग्री प्राप्त गरेकोमा ट्वीट मार्फत जानकारी दिए ।

भारत र सुडानको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै र सुडानी सरकारको अनुरोधको आधारमा नयाँ दिल्लीले औषधी आपूर्ति गरेको हो । सुडानस्थित भारतीय दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

निर्देशक, अन्तर्राष्ट्रिय सहयोग सुश्री इमान, निर्देशक विदेश अनुदान र चन्दा विभाग अमिन केक्कीद्वयले उपहार स्वीकार गर्दै सुडानी जनतालाई गरेको खाद्य सहायता, छात्रवृत्ति, क्षमता निर्माण, र प्रशिक्षण कार्यक्रम प्रदान गरी सहयोग गरेकोमा भारतको सराहना गरिन् ।

सुडानमा भारतीय दूतावासले आशा व्यक्त ग¥यो कि भारतले दिएको उपहारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लाभदायक र उचित रूपमा प्रयोग गरिनेछ र बढ्दो कोविड संक्रमित को संख्यालाई ध्यानमा राख्दै भारतको विशाल आवश्यकताको बावजुद सुडानका मैत्री जनतालाई सहयोग पुर्याइएको छ । बयानमा उल्लेख गरिएको छ ।

कोविड १९ महामारीको सुरुवात भएदेखि भारतले औषधी आपूर्ति मात्र गरिरहेको छैन तर आफ्नो चिकित्सा र सार्वजनिक स्वास्थ्य विशेषज्ञता, अनुभव र क्षमता विकास मित्रवत र साझेदार देशहरूका लागि उपलब्ध गराउँदै आएको छ ।

औषधि, निदान र अहिले खोपहरूको विश्वव्यापी मागलाई सम्बोधन गर्न भारतले खेलेको भूमिका प्रधानमन्त्री नरेन्द्र मोदीको कोविड १९ लाई हराउन आवश्यक अन्तर्राष्ट्रिय प्रयासको दृष्टिकोण र भारतीय सिद्धान्त ’वसुदैव कुटुम्बकम’ अर्थात सम्पुर्ण विश्व एक परिवार हो र ’सर्व बभान्तु सुखिनाह’ जसको अर्थ सबै खुशी हुन सकोस् भन्ने हो को उत्कृष्ट प्रदर्शन हो ।

विज्ञप्तिमा भनिएको छ कि भारतले ९० भन्दा बढी देशहरूमा जीवन बचाउने र अत्यावश्यक औषधीहरू प्रदान गरेको छ र तीमध्ये धेरैलाई उपहार स्वरुप प्रदान गरिएको छ ।

भारत र भारतीय सदा सुडानको सरकार र जनताको साथ दृढता का साथ खडा छन् र सुडानी मित्रलाई अनुभव, विशेषज्ञता र सम्भव भएसम्मका स्रोत मार्फत सहयोग गर्न जारी राखिनेछ। विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ