काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । नयाँ दिल्लीको एम्समा पुगेर मोदीले दोस्रो डोज लिएका हुन् ।
मोदीले पहिलो डोज मार्च १ तारिखमा लिएका थिए । सामाजिक संजालमा फोटो राख्दै उनले सबैलाई कोरोनाको खोप लिन आग्रह गरेका छन् ।
मोदीले देशमा बढिरहेको कोरोनाको बारेमा सबै राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत सम्वोधन गर्दैछन् ।
तपाईको प्रतिक्रिया