ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले हङकङ माथि चीनको राजनीतिक दमनको आलोचना गरेको छ। युरोपेली सङ्घको विदेश मामिला परिषद्को बैठकमा ईयू उच्च कूटनीतिज्ञ जोसेफ बोरेलले हङकङको अवस्था नाजुक बन्दै गएको भन्दै चीनको कदमको आलोचना गरेको छ ।
२७ जना सदस्य मुलुकका विदेश मन्त्री तथा ईयूका वरिष्ठ अधिकारीहरू उपस्थित बैठकमा हङकङको विषय महत्त्वका साथ छलफल भएको थियो ।
हङकङमा चीनले लागु गरेको नयाँ राष्ट्रिय सुरक्षा नीति विरुद्ध दुई चरणको प्रक्रिया परिचालन गर्ने बोरेलले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।
चीनले नयाँ सुरक्षा नीति लागु गर्दै हङकङमा राजनीतिक दमन गरेको भन्दै अन्तर्राष्ट्रिय निकायहरूले आलोचना गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय चीनले हङकङमा निर्वाचन प्रणाली संशोधन गरी बेइजिङप्रति निष्ठाको शपथ खुवाएको छ । चीनको यस्तो कदमले हङकङमाथि राजनीतिक दमन दर्साएको छ ।
तपाईको प्रतिक्रिया