काठमाडौं । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित अफगानिस्तान मामलाबारे कुराकानी गरका छन् ।
मोदीले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो ।
कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई तत्काल बन्द राख्ने निर्णय गरेका छौँ ।’
अफगानिस्तान मामलाबारे पुटिनसित कुराकानी गर्नु भन्दा अगावै जर्मनीकी चान्सलर एन्जेला मोर्कलसँग पनि कुराकानी गरको जनाइएको छ ।
तपाईको प्रतिक्रिया