शक्ति २०२१ अभ्यासः भारतीय र फ्रान्सेली सेना आतंकवाद विरोधी अभ्यासमा

विश्व

काठमाडौं, १० मंसिर । भारतीय र फ्रान्सेली सेना बीच १२ दिन लामो गहन सैन्य प्रशिक्षण भएको थियो जुन बिहिबार सम्पन्न भएको छ । यो अभ्यास भारत–फ्रान्स द्विवार्षिक अभ्यास शक्ति २०२१ को छैठौं संस्करण अन्तर्गत गरिएको हो ।

यस अभ्यास मा दुवै देशका सेनाले आतंकवादी विरोधी अभ्यास मा आ–आफ्ना सिप र शक्ति प्रदर्शन गरेका थिए । 

रक्षा मन्त्रालयले शुक्रबार जनाए अनुसार यस अभ्यास ले दुवै सहभागी देशबीच स्थापित सैन्य कूटनीतिमा अर्को आयाम थपेको छ । गहन कठिन अभ्यासपछि फ्रान्सेली शहर फ्रेजुसमा शक्ति २०२१ समापन भएको थियो ।

यसले दुवै सेनालाई संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत संयुक्त वातावरणमा आतंकवाद विरोधी अभियानमा तालिम लिने अवसर प्रदान गरेको छ । अभ्यास दुई चरणहरूमा सञ्चालन गरिएको थियो । अर्धशहरी वातावरणमा आतंकवाद विरोधी अभियान र रणनीतिक प्रशिक्षण प्रदान गरिएको थियो ।

“दुबै दस्ताले आफ्ना उत्कृष्ट परिचालन अभ्यास र अनुभवहरू साझा गरेका छन् । दुवै देशका सेना सामरिक अभ्यास मात्र नभइ खेलकुद र सांस्कृतिक गतिविधिहरूमा पनि समावेश भएका थिए ।“ मन्त्रालयका अनुसार दुवै देशका सेनाले मापदण्ड अनुसार राम्रो आचरण प्रस्तुत गरेका थिए । – इण्डिया न्यूज नेटवर्क

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ