बलिउड निर्माता विजय गिलानी रहेनन्

विश्व

काठमाडौं, १५ पुस । बलिउड निर्माता विजय गिलानीको निधन भएको छ । क्यान्सरबाट बुधबार लण्डनमा उनको नधन भएको हो ।

गिलानीको निधनको पुष्टि गर्दै बलिउड निर्माता अनिल शर्माले भनेका छन्, ‘विजयको निधनको खबरले म निकै दुःखी छु । उहाँ धेरै राम्रो हुनुहुन्थ्यो ।’

अनिल शर्माले विजय गिलानीसँग फिल्म वीरमा निर्देशकको रूपमा काम गरेका थिए । गिलानी बलिउडका चर्चित निर्माता हुन् । जसले सलमान खान अभिनित फिल्म ‘वीर’ र ‘सूर्यवंशी’ जस्ता फिल्म निर्माण गरेका छन् ।

रिपोर्टका अनुसार गिलानीलाई ब्लड क्यान्सर थियो । उपचारका लागि उनी लन्डन गएका थिए । क्यान्सरसँग लड्दै गर्दै बुधबार उनी यो संसारबाट बिदा भएका हुन् ।

विजय गिलानी लामो समयदेखि बलिउडमा काम गरिरहेका थिए । आफ्नो करियरमा गिलानीले धेरै सुपरहिट फिल्म बनाए ।

यसबाहेक उनले अक्षय कुमार, बबी देओल, करीना कपूर, गोविन्दा, विद्युत जामवाल र मनिषा कोइरालाजस्ता चर्चित कलाकारहरूसँग काम गरेका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ