काठमाडौं, १६ पुस । ओमिक्रोनको कारणले हुनसक्ने कोरोना भाइरस संक्रमणको सम्भावित तेस्रो लहर बिरूद्ध तयारी गर्दै, भारतले विगत केही दिनमा धेरै उपायहरू लागू गरेको छ। जस अनुसार अन्य दुई कोविड खोप र मर्क को कोविड १९ चक्की प्रयोगलाई स्वीकृती दिइएको छ। यसका साथै १५ देखि १८ वर्ष समूह लाई समावेश गरी देशव्यापी खोप अभियान तिब्र बनाइनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिसमस को अवसरमा टेलिभिजन सम्बोधनमा १५-१८ वर्षका बालबालिकालाई कोभिड खोप र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिका व्यक्तिलाई 'सावधानी खुराक' दिने घोषणा गरेका थिए।
दुई दिन पछि, केन्द्र सरकारले मंगलबार कोभिड बिरूद्ध लडाईलाई बढावा दिन थप दुई खोप र एक भाइरस विरोधी औषधि को प्रयोग लाई स्वीकृती प्रदान गरेको थियो। भारतले निकालेका दुई नयाँ खोपहरू कोर्बेभ्याक्स र कोबोभ्याक्स हुन्। भाइरस विरोधी कोविड १९ चक्की मोल्नुपिराभिर ले पनि आपतकालीन प्रयोगको लागि स्वीकृति पाएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डवियाले ट्वीट मा भने, "कोविड-19 विरुद्ध लडाईलाई अझ बलियो बनाउँदै सिडिएससिओ स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा प्रतिबन्धित प्रयोगका लागि दुई नयाँ खोपहरू कोर्बेभ्याक्स र कोबोभ्याक्स तथा भाइरस विरोधी कोविड १९ चक्की मोल्नुपिराभिर लाई स्वीकृति दिएको छ।"
योसँगै भारतले अब कुल आठ कोभिड-१९ खोपलाई स्वीकृत दिएको छ। यसअघि स्वीकृत छ वटा खोप भारत बायोटेकद्वारा निर्मित कोभ्याक्सिन, जाइडस क्याडिलाद्वारा निर्मित जाइकोभ डि, बेलायत द्वारा विकसित एस्ट्रोजेनेका खोप र भारत मा निर्मित कोविशिल्ड, रूसको स्पुतनिक वी; र अमेरिका मा उत्पादित मोडेर्ना र जोन्सन र जोन्सन खोप हुन।
पुणे स्थित भारतको सिरम संस्थानले न्यानोपार्टिकल खोप, कोभोभ्याक्स को निर्माण गर्नेछ। यस संस्थाले कोविशिल्ड पनि उत्पादन गर्दछ। यो अमेरिकामा आधारित नोभाभक्सको कोभिड-१९ खोपको स्थानीय संस्करण हो।
कोर्बेभ्याक्स भारतको पहिलो स्वदेशी रूपमा विकसित "कोविड १९ बिरूद्ध आरबीडी प्रोटीन सब-इकाई खोप" हो र भारतमा बनेको तेस्रो खोप हो। हैदरावाद स्थित बायोलॉजिकल-ईले यसको उत्पादन गर्दैछ।
स्वास्थ्यमन्त्री मण्डावियाले भारतको औषधि उद्योगलाई "सारा विश्वको सम्पत्ति" भनेर वर्णन गर्दै मर्कको मोल्नुपिराभिर चक्की वयस्क बिरामीहरूको आकस्मिक उपचारका लागि प्रयोग गरिने र स्थानीय रूपमा १३ कम्पनीहरूले यस औषधि को उत्पादन गर्ने बताएका छन्।
रिजब्याक र मर्क यस औषधि को उत्पादन को निम्ति सहकार्य गर्दैछन्। यस औषधि को हरेक गोटा २०० मिलिग्राम को हुनेछ। वयस्क ले मौखिक रुपमा यस औषधि को सेवन गर्न सक्नेछन्। पाँच दिनका निम्ति हरेक बार्ह घण्टामा यसको सेवन गर्नुपर्ने हुन्छ।
डिसेम्बर २३ तारिख मा अमेरिकाको खाद्य तथा औषधी प्रशासन केन्द्र ले वयस्कहरूमा हल्का देखि मध्यम रोग देखिएमा मोल्नुपिराभिरको आपतकालीन प्रयोगको स्वीकृती दिएको थियो। केही मिडिया समाचार अनुसार हाल को लागि भने यस औषधि को प्रयोग १८ वर्ष मुनिका कोविड संक्रमित का लागि प्रयोग गरिने छैन।
यसैबीच, केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार भारतले अहिलेसम्म १.४४ अरब कोभिड-१९ खोपको डोज प्रदान गरेको बताएको छ। पछिल्लो २४ घण्टामा ६३ लाख (६३,९१,२८२) भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।
भारतले जनवरी ३ तारिख बाट १५ देखि १८ वर्ष उमेर समूहका बालबालिका लाई खोप लगाउन शुरु गर्नेछ।यसका साथै जनवरी १० तारिखबाट स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्नेहरूलाई सावधानीका रूपमा कोभिड-१९ बूस्टर डोज लगाइनेछ। - इण्डिया न्यूज नेटवर्क
तपाईको प्रतिक्रिया