नँया वर्ष को अवसरमा एलएसीमा भारतीय र चिनियाँ सेनाद्वारा मिठाइ आदानप्रदान

विश्व

काठमाडौं, १८ पुस । शनिबार नँया वर्ष को अवसरमा पूर्वी लद्दाख सहित वास्तविक नियन्त्रण रेखा (एलएसी) स्थित १० वटा सीमा नाका मा भारतीय र चिनियाँ सेनाले मिठाइ र अभिवादन आदानप्रदान गरेका छन्।

विगत १८ महिना देखि दुई देशका सेना बीच पूर्वी लद्दाखमा तनाव को स्थिति रहेको छ।

अधिकारी का अनुसार लद्दाखमा मात्र नभएर अरुणाचल प्रदेश क्षेत्रको सीमाक्षेत्र चुशुल मोल्डो बैठक बिन्दु, बम ला, केके पास, डीबीओ बोटलनेक, कोंकला, कोंगराला र वाचा दमाई सीमा नाका मा पनि यस्तै सामन्जस्य देखिएको थियो।

सन् २०२० को मे महिनामा लद्दाख क्षेत्रको प्याङ्गोङ ताल क्षेत्रमा भएको हिंसात्मक झडपले भारत र चीनबीचको सीमा विवाद निम्त्याएको थियो।

यस झडप पछि दुवै देशका सीमानाका मा हतियारहरूको भारी तैनाथी गरिएको थियो। २१ महिना लामो गतिरोधले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धलाई चिस्याएको थियो।

दुबै पक्षले बिस्तारै दशौं हजार सिपाहीहरू र भारी हतियारहरू को तैनाथी बढाएका थिए।

सैन्य र कूटनीतिक वार्ताको परिणाम स्वरूप, दुई पक्षले गत वर्ष पाङ्गोङ तालको उत्तर र दक्षिण किनार र गोग्रा क्षेत्रमा विघटन प्रक्रिया पूरा गरेका थिए।

संवेदनशील क्षेत्र मानिने वास्तविक नियन्त्रण रेखा (एलएसी) मा प्रत्येक पक्ष बाट हाल ५० हजार देखि ६० हजार सैनिकहरू तैनाथ गरिएका छन्।

भारतले तत्काल यथास्थिति परिवर्तन नगरी पूर्ण विघटन को प्रस्ताव अघि सारेको छ जसका लागि रक्षा मन्त्रालयले चिनियाँ टोली सँग धेरै चरणको सैन्य वार्ता गरेको छ।

नयाँ वर्षको अवसरमा भारतीय सेनाले पनि नियन्त्रण रेखा स्थित चार स्थानमा पाकिस्तानी सेनाका अधिकारीहरूसँग मिठाई र शुभकामना आदानप्रदान गरेका छन्।

मेंधार हट स्प्रिंग्स क्रसिङ पोइन्ट, पुन्च रावलकोट क्रसिङ पोइन्ट, चकोटी उरी क्रसिङ पोइन्ट, र चिलियाना तिथवाल क्रसिङ पोइन्ट मा दुई देशका सेना बीच शुभकामना आदानप्रदान भएको थियो। — इण्डिया न्यूज नेटवर्क

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ