भारतलाई हल्लाउने कुनै शक्ति छैन : मोदी

विश्व

काठमाडौं, ११ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्ता दिवस अघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् ।

स्वर्गीय नेताजी सुभाषचन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पूरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ’, मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

देशका लागि सेवा गर्ने क्रममा शहीद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ