भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्न बेलायत सहमत

विश्व

लन्डन, ११ माघ । बेलायत सरकारले बिहीबार भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने समझदारी गरेको छ । यसलाई बेलायती व्यवसायहरूलाई भारतीय अर्थतन्त्रसँग जोड्ने सुनौलो अवसरको रूपमा पनि व्याख्या गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारतसँगको ऐतिहासिक साझेदारीलाई अर्को तहमा लैजाने र स्कच व्हिस्की, वित्तीय सेवाहरू र अत्याधुनिक नवीकरणीय प्रविधिलाई फाइदा हुने केही प्रमुख क्षेत्रहरूको विषयमा जोड दिएका छन् ।

यस विषयमा औपचारिक सम्झौतामा हस्ताक्षर गर्नका लागि वार्ताको पहिलो चरण अर्को हप्ता सुरु हुने अपेक्षा गरिएको छ ।

भारतको बढ्दो अर्थतन्त्रसँगको व्यापार सम्झौताले बेलायती व्यवसायहरू, कामदारहरू र उपभोक्ताहरूका लागि ठुलो फाइदाहरू प्रदान गर्ने अपेक्षा छ ।

हामीले भारतसँगको हाम्रो ऐतिहासिक साझेदारीलाई अर्को तहमा लैजाने क्रममा, बेलायतको स्वतन्त्र व्यापार नीतिले रोजगारीहरू सिर्जना गर्दै छ, पारिश्रमिक बढाउँदछ र देशभरि नवचारहरू बढाउँदछ, बेलायती प्रधानमन्त्री जोनसनले भने । 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ