भारतले यसरी मनायो ७३ औं गणतन्त्र दिवस

विश्व

नयाँ दिल्ली, १२ माघ । भारतले मंगलबार ७३ औं गणतन्त्र दिवस मनाएको छ । भव्य सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शनसहित भारतले ७३ औं गणतन्त्र दिवस मनाएको हो ।

दिल्लीको राजपथमा आयोजित समारोहमा ७५ वटा विमान र होलिकोप्टको फ्लाइपास्टका देश्य समारोहका मुख्य आकर्षण बने ।

भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ पनि भएकाले यसलाई ‘आजादीका अमृत महोत्सव’ भन्दै मनाइएको थियो । विदेशी पाहुनालाई आमन्त्रण नगरिएको समारोहमा पूर्ण मात्रा खोप लगाएका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कार्यक्रममा सहभागि गराइएको थियो ।

समारोह सुरु हुनुअघि युद्धमा ज्यान गुमाउने शहीदहरुको स्मारकमा पुगेर माल्यार्पण गरेका थिए । गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री मोदीले उत्तराखण्डको परम्परागत टोपी लगाएका थिए । साथै, उत्तराखण्डको राष्ट्रिय फूल ब्रम्हकमल अंकित पहिरन पनि उनले लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ