भारतले मानवीय सहायताको तेस्रो खेप अफगानिस्तान पठायो

विश्व

काठमाडौं, २५ फागुन । भारतले मंगलबार अफगानिस्तानमा मानवीय सहायताको तेस्रो खेप पठाएको छ। यसपटक भारतले पाकिस्तान हुँदै दुई हजार मेट्रिक टन गहुँ युद्धग्रस्त मुलुकमा पठाएको छ ।

भारतले २२ फेब्रुअरीमा पाकिस्तान हुँदै अफगानिस्तानमा २५०० मेट्रिक टन गहुँ पठाएको थियो, जुन २६ फेब्रुअरीमा जलालाबाद सहर पुगेको थियो।

यस महिनाको सुरुमा, भारतले अफगानिस्तानमा २,००० मेट्रिक टन गहुँको दोस्रो खेप पठाएको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मंगलबार ट्वीट गरेका छन् ‘अफगानिस्तानका जनतालाई सहयोग गर्न हाम्रो अथक प्रयास जारी छ । आज २००० मेट्रिक टन गहुँको तेस्रो खेप अफगानिस्तानको जलालाबाद सहरमा पठाइएको छ । यो अफगानिस्तानमा ५०००० मेट्रिक टन गहुँ पठाउने भारतको प्रतिबद्धताको एक हिस्सा हो जुन डब्लु. एफ़. पि. अफगानिस्तान द्वारा वितरण गरिनेछ।

गत अक्टोबर ७ मा भारतले पाकिस्तानलाई ५०००० हजार टन गहुँ सडकबाट अफगानिस्तान लैजान दिने प्रस्ताव पठाएको थियो, जसमा छिमेकी राष्ट्रले नोभेम्बर २४ मा सकारात्मक प्रतिक्रिया दिएको थियो ।

त्यसपछि अफगानिस्तानमा गहुँ पठाउने ढाँचा तय गर्न दुवै छिमेकी राष्ट्रहरू सहमत थिए।

भारतले पठाएको सामान अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले वितरण गरिरहेको छ । -इन्डिया न्यूज नेटवर्क

 

 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ