० उखु किसानका लागि वर्षौंदेखि संघर्ष गर्दै आउनुभएको छ, अहिले उखु किसानको अवस्था के छ ?
— वर्षौंदेखि उखु किसानले पाउन नसकेको भुक्तानीका लागि हामी चरणबद्धरुपमा आन्दोलन गर्दै आयौं । सोही क्रममा धेरै हदसम्म उखु किसानले भुक्तानी पनि पाएका छन् । तर सरकारले सम्झौता गरेअनुसार अझ पनि भुक्तानी पाउन सकेका छैनन् । किसानको समस्याप्रति सरकारले ध्यानै दिँदैन । यो देशमा किसानका कुरा सुन्ने र त्यसमाथि पहल गर्ने कसैको ध्यान छैन । किसानलाई असंगठित, कमजोर छन् भनेर राज्यले नै शोषण गरिरहेको छ । किसानका लागि बोलिने बोली र कार्यशैलीमा कुनै समानता नै छैन ।
० सरकारले किसानहरुसँग लिखित सहमति गरेपनि त्यो कार्यान्वयन भएको छैन ?
— सरकारले गरेको सहमति केही हदसम्म पूरा ग¥यो तर पूर्ण रुपमा भएको छैन । किसानसँग सम्झौता गरेपनि त्यसलाई अक्षरशः पालना गर्नेा सरकारको धर्म हो । हामीले पटक–पटक सरकारलाई ताकेता गर्दै आएका छौं तर परिणाम देखा परेको छैन । किसान लाभान्वित हुने खालका कदम सरकारले चालेको छैन । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैन, यसका लागि सम्बन्धित मन्त्रालय जिम्मेवार हुने कि नहुने ? किसानले मलखाद, बीउ, कृषि औजार, सहुलियतमा दिने भनेका कुराहरु पाउँदैनन् । किसानको नाममा आउने रकमको व्यापक दुरुपयोग भएका छन् ।
० अब तपाइँहरु के गर्ने त ?
— हामीले सरकार किसानको समस्या समाधानका लागि पटक–पटक घच्घचाइरहेका छौं । उखु मूल्य तोक्न सरकारले किसानलाई बोलाउँदैन, उद्योगीसँग मिलेर मूल्य तोकिन्छ । मैले उखु किसानको समस्या समाधानका लागि आवाज उठाउँदा मलाई चुनावमा हराउनका लागि सबै उद्योगीहरु लागेका थिए । मलाई हराउनकै लागि करोडौं रुपैयाँ खर्च गरिएको छ, यो कुरा निर्वाचन आयोगलाई पनि थाहा छ । किसानका पक्षमा बोल्ने नेता संसदमा नपुगून् भनेर मेराविरुद्ध धेरै षड्यन्त्रहरु भएका छन् । धेरै षड्यन्त्रको म भुक्तभोगी पनि हुँ । मेराविरुद्ध भएका केही षड्यन्त्रहरु सप्रमाण पछि बाहिर ल्याउनेछु । अन्य किसानका समस्याहरु समाधान गर्न धेरै संघर्ष गर्नुपर्ने आवश्यकता छ । मैले किसानको पक्षमा आवाज उठाउँदा बेला–बेलामा मलाई अप्ठ्यारोमा पार्दै आएका छन् । जस्तासुकै दुःख, पीडा दिएपनि, जति हानी पु¥याएपनि किसान र आमजनताको पक्षमा म निरन्तर बोलिरहन्छु । म पछि हट्नेवाला छैन । षड्यन्त्रकारीहरुले मलाई अझै पनि दुःख दिइरहेका पनि छन् । जबसम्म किसान समृद्ध हुँदैन, तबसम्म मधेश समृद्ध हुँदैन । मधेशको समृद्धि किसानमाथि निर्भर छ र देशको समृद्धि मधेशमाथि निर्भर छ ।
० तपाइँ लोसपाका संस्थापक नेतामध्ये एक हुनुहुन्छ तर गत चुनावमा जसपाबाट चुनाव लड्नुभयो नि ?
— म लोसपाको एउटा वफादार सिपाहीको रुपमा काम गर्दै आएको थिएँ, संगठनहरु पनि निर्माण गरेको थिएँ । तर मेरो निर्वाचन क्षेत्रमा लोसपाले कांग्रेसलाई समर्थन गरिदियो, आफ्नो सिट नै दाबी गरेन । त्यसपछि मैले जसपाबाट टिकट लिएर चुनाव लडें । त्यो चुनावमा मलाई चारैतिरबाट हराउनका लागि विभिन्न षड्यन्त्रहरु गरे । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा मेरो विरुद्धमा मात्रै ५० करोडभन्दा बढी रकम खर्च गरिएको थियो । जसअनुरुप मैले चुनावमा पराजयको सामना गर्नुप¥यो । मैले पार्टी परिवर्तन गरेपनि विचार परिवर्तन गरेको छैन । लोसपाले बेइमानी गरेपछि मैले जसपाबाट चुनाव लडेको थिएँ । अहिले पनि जसपामै छु ।
० मधेशी दलहरु दिनप्रति दिन कमजोर हुँदै जानुको कारण के देख्नुहुन्छ ?
— मधेशबाट उदाएका राजनीतिक दलहरु कमजोर हुँदै जानुको कारणहरु धेरै छैन । सबै मधेशका दलहरुको एजेण्डा एउटै छन् तर आपसमा कार्यगत एकता, सहकार्य वा मोर्चाबन्दीको अभाव छ । मधेशका मुद्दाहरु स्थापित गराउनका लागि सके एउटै दल, नभए सबैबीच कार्यगत एकता अपरिहार्य छ । मधेश आन्दोलनबाट उत्पादन भएका युवा नेतृत्वको व्यवस्थापन भएन । मधेश आन्दोलनबाट आएका युवा नेतृत्वहरु निखारिएर आऊन् भन्ने खालका कार्यक्रमहरु दलहरुबाट हुन सकेन । चुनावमा कतिपय युवा नेताहरुले टिकट त पाए तर पार्टीबाट त्यो किसिमको सहयोग भएन । मधेशी दलहरुमा संस्थागत चुनावी रणनीतिको अभाव छ । मधेशी दलहरुबीच चुनावी सहकार्य वा मोर्चाबन्दी हुन नसक्दा पनि मधेशको मत बाँडिन्छ । त्यसकारण, कार्यगत एकता, चुनावी रणनीति र नेतृत्व विकासको समायोजन भएपछि मधेशी दलहरु वैकल्पिक शक्ति बन्न सक्छन् ।
० श्रीराम भगवानको मूर्ति निर्माणका लागि नेपालबाट देवशीला अयोध्या पठाइएको छ । यसले नेपाल र भारतबीच सम्बन्धमा कस्तो सन्देश प्रवाह गरेको छ ?
— नेपाल र भारतको सम्बन्ध कुनै नेताले बनाइदिएको होइन । यो सम्बन्ध कुनै सन्धि, सम्झौतामा आधारित पनि होइन । परापूर्वकालदेखि परम्पराअनुसार हाम्रो सम्बन्ध स्थापित भएको छ । लवाइ–ख्वाइ, रहन–सहन, धार्मिक आस्था, पुजन प्रक्रिया नेपाल र भारतबीच एउटै छन् । त्यसकारण यो सम्बन्ध ईश्वरीय देन हो । नेपाल र भारतबीच भगवानले स्थापित गरिदिएको सम्बन्ध हो । भगवान रामको बिहे जनकपुरमा हुनु, त्यसले गर्दा हाम्रो बिहेबारीको पनि सम्बन्ध छ । यो सम्बन्धलाई कुनै पनि देशका सरकारले टुटाउन सक्दैनन् । देवशीला अयोध्या जानुले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याइदिएको छ । त्यसैले नेपालबाट देवशीला अयोध्या जानु आफैमा सुखद पक्ष हो । प्रभु श्रीरामको बाल्यकालको मूर्ति हाम्रै कालीगण्डीको शीलाबाट बन्छ । यसबाट दुई देशबीचको सम्बन्ध झन् मजबुत बनाउनेछ । भगवान श्रीरामको मूर्ति बनाउने देवशीला नेपालमै भेटायो भन्ने कुरा प्रचार–प्रसार दुनियाँभर नै भयो । दुनियाँभरमा छरिएर बसेका हिन्दू धर्मावलम्बीहरुका लागि नेपाल आस्था र श्रद्धास्थलको रुपमा स्थापित भएको छ ।
० नेपाल पुनः हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने कुराले बल पाएको हो ?
— नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्छ भन्ने बहुसंख्यक नेपालीहरुको मान्यता छ । नेपाल धर्मनिरपेक्ष हुनु गलत भयो भन्ने कुरा पनि आइरहेका छन् । दुनियाँ एक मात्र हिन्दू राष्ट्र थियो त्यो पहिचानलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो भन्ने भावनाहरु पनि छन् । व्यापकरुपमा नेपाल हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने चर्चा हुनु भनेको त्यो पनि एउटा संकेत हो । सबै पार्टीका नेताहरुको मनमा यो कुरा छन् तर, खुलेर बोल्न चाहिरहेका छैनन् । त्यसैले हिन्दू राष्ट्रको पक्षमा जनआवाज बढ्दै गएको छ ।
० नेपालमा पछिल्लो समय मुस्लिम गतिविधिहरु बढ्दै गएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
— भारतमा घुसपैठ गर्नका लागि केही उग्रवादी मुस्लिम राष्ट्रहरुले नेपाललाई प्रयोग गर्न खोजिरहेका छन् । त्यस्ता गतिविधिहरुलाई सरकारले रोक लगाउनुपर्छ । यसले नेपालको पनि अहित हुन्छ । राज्यले त्यस्ता गतिविधिलाई रोकथाम गर्न सकिरहेको छैन । यो राज्यको कमजारी हो ।
तपाईको प्रतिक्रिया