० तपाइँ निर्वाचित भएपछि केके कामहरू गर्नुभयो ?
— हामी निर्वाचित भएर आएपछि हरेक गाउँमा एम्बुलेन्स र दमकल पुगोस् भन्ने हाम्रो योजना थियो । त्यसपछि बाटोघाटो स्तरोन्नति ग¥यौं । त्यस्तै, ठाउँ–ठाउँमा पुलपुलेसा निर्माण ग¥यौं । नेपालमा पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संघीयता कार्यान्वयन हुँदैछ । पहिलो वर्षमा नयाँ निर्माणमै खर्चगर्यौँ। वडा कार्यालयदेखि गाउँपालिका भवनसम्म निर्माण गर्दैछौं । कृषिमा यो गाउँपालिका सबभन्दा महत्वपूर्ण खेलेको छ । तरकारीको क्षेत्रमा यो गाउँपालिकाले नै बुटवल बजारलाई धानेको छ । युवा स्वरोजगारका लागि हरेक किसानलाई पाँचकठ्ठे वर्षे बाली लगाउन रू.२० हजारको दरले नगद उपलब्ध गराएका छौं । युवाहरूलाई यहीं नै आत्मनिर्भर बनाउनका लागि ५०–५० हजारको दरले उपलब्ध गराएका छौं । गत वर्षमा हामीले बेटी बचाउ र बेटी पढाउ अभियान यस गाउँपालिकामा लागू गरेका छौं । छोरी जन्मने बित्तिकै उसको खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार गरी २५ हजार रूपैयाँ जान्छ । जबसम्म ती छोरी २० वर्ष पुग्दैन तबसम्म त्यो पैसा कसैले लिन पाउँदैन । २० वर्षपछि ती बालिकाको पढाई खर्चका लागि हामीले यस्तो अभियान ल्याएका हौं । बाल विवाह अन्त्य गर्नका लागि पनि हामीले यो कार्यक्रम लागू गरेका छौं । यो वर्ष हामी यो गैडहवा गाउँपालिकालाई फुसको घर मुक्त बनाउनका लागि टीनका छाना वितरण गर्ने कार्यक्रम राखेका छौं ।
० जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?
हाम्रो कामबाट जनताले निश्चितरूपमा स्थानीय सरकारको अनुभूति गरिरहेका छन् । हामीलाई बजेट पनि बढी आइरहेको छ । राजनीतिक गर्ने व्यक्तित्वहरूले हाम्रो कामको निगरानी गरिरहेका छन् ।
० जनताले सिंहदरबार गाउँमा आएको महसुस गरेका छन् ?
— जसरी स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, त्यो कुराको अनुभव जनताले अवश्य नै गर्न पाएका छन् । पहिला साना–साना कामका लागि जिल्लाको सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । विकासको काम, सेवा प्रवाह लगायतका विषयमा समस्या थियो । अहिले प्रत्येक वडा कार्यालयहरूबाट जनताले आफ्नै ठाउँमा सेवा सुविधा लिन पाइरहेका छन् । अहिलेको वडा कार्यालय पहिलाको जिविस जस्तै भएको छ । सबै कुराहरू वडा कार्यालयबाटै हुन्छ ।
० करको दायरा कस्तो छ ?
— हाम्रो गाउँपालिकामा हामीले कर बढाएका छैनौं । जुन नीति नियमहरू छन् त्यहींअनुसार हामीले व्यवस्था गरेका छौं । पहिलादेखि जुन चल्दै आएको थियो त्यसैलाई हामीले निरन्तरता दिएका छौं, कुनै पनि विषयमा कर बढाएका छैनौं । यहाँका जनता करबाट कुनै किसिमको मारमा परेका छैनन् ।
० तपाइँ निर्वाचित भएर आउँदा जनताको अपेक्षा कस्तो पाउनुभयो ?
— करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो, त्यस्तो अवस्थामा हामी निर्वाचित भएर आयौं । यहाँ विकासको नाममा केही पनि थिएन । हामी निर्वाचित भएर जनताका अपेक्षा धेरै नै हामीले पायौं । स्थानीय सरकार हुने बित्तिकै सबैथोक एकैचोटि पूरा भइहाल्छ भन्ने अपेक्षा पनि पायौं । तर, हामी विस्तारै जनताको आवश्यकता र अपेक्षालाई पूरा गर्नेतिर अग्रसर भइरहेका छौं ।
० तपाइँ आफ्नो कार्यकालभित्र गैडहवा गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?
— यो गाउँपालिकालाई पर्यटनको हिसाबले काम गरिरहेका छौं । हामी लुम्बिनीको काँखमा छौं । लुम्बिनीमा आएका पर्यटकहरूलाई यो गाउँपालिकामा भित्र्याएर पर्यटन विकास गर्ने हाम्रो योजना छ । लुम्बिनीमा रहेको धेरै पूरानो र ऐतिहासिक जानकी मन्दिर छ, जोगरेश्वर महादेवको मन्दिर छ । त्यसलाई हामीले धार्मिक र पर्यटनमा जोड दिएका छौं । यस्तै, रूपन्देही जिल्लाको सबभन्दा ठूलो गैडहवा ताल रहेको छ । यस वर्ष हामी गैडहवा ताल महोत्सव मनाइरहेका छौं । फागुन १ गतेदेखि यसको उद्घाटन कार्यक्रम रहेको छ । लुम्बिनीमा आउने पर्यटका लागि हामीले जल पर्यटनको व्यवस्था मिलाइरहेका छौं । यो तालको तीनतिरबाट जंगलले घेरिएको छ । एकतिर एउटा गाउँ छ, त्यहाँ हामीले होमस्टेहरू निर्माण गरिरहेका छौं । विश्वमै नभएको यसोधरा मन्दिरसहितको पार्क बनाउन गइरहेका छौं ।
तपाईको प्रतिक्रिया