विराटनगरमा ९ केजी गाँजा बरामद

समाचार

विराटनगर, २९ भाद्र । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ के.जी. गाँजा बरामद गरेको छ ।

जतुवाबाट झट्याहीतर्फ आउँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी सो झोलाभित्र जाँच गर्दा उक्त गाँजा फेला परेको हो । 

त्यसवेला उक्त मोेटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ