सांसदहरुले दशैंको शुभकामना आदान–प्रदान गर्न नसकेको गुनासो

समाचार

काठमाडौं, २५ असोज । प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुले दशैंको शुभकामना आदान–प्रदान गर्न नसकेको भन्दै गुनासो पोखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुवै सदन अवरुद्ध हुँदै आएको छ ।

संघीय संसदको दुवै सदनको बैठकमा आज सोमबार पनि प्रतिपक्षी एमालेका सांसदहरुले अवरुद्ध गरेका कारण दशैंको शुभकामना आदानप्रदान गर्न नसकेकोले सांसदहरुले गुनासो पोखेका हुन् ।

गुनासो पोख्दै जनता समाजवादी पार्टी नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला यादवले भनिन्, ‘यो अधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन अहम् भूमिका निर्वाह गरेको छ । सम्मानित सर्वोच्च अदालतले प्रतिगमनलाई परास्त गरेपछि यसै अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको र विभिन्न कारणवश ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।’

मन्त्रिपरिषद्को विस्तार गर्दा समानुपातिक समावेशीको हिमायति गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्ण समावेशी बनाउन चुकेको छ ।

मन्त्रिपरिषद्मा प्रदेशगत भौगोलिक सन्तुलन नमिल्नु, महिला, दलित र अल्पसंख्यकबाट कमजोर प्रतिनिधित्व हुनु, हाम्रो देशको संसदीय प्रणाली दुई सदनात्मक भएपनि राष्ट्रियसभाको शून्य उपस्थिति हुनु, खसआर्यको बाहुल्य (लगभग ४८%) हुने भएकोले गठबन्धन सरकारको भिजन र मिसनमा नै खोट देखिएको छ ।

सत्तारुढ दलकै कतिपय सांसदहरुले यो सरकार हाम्रो सरकार भएपनि राम्रो बन्नका लागि प्रतिबद्धताभन्दा कार्यान्वयनमा ध्यान दिएन भने राजनीतिक दलहरुभित्रका कलह समाप्त नहुने बताएका छन् । 

‘नेतृत्वपंक्तिले स्वस्थ र निष्पक्ष मानसिकताले देश, जनता र पार्टीप्रति वफादार, योग्य, दक्ष तथा इमान्दार व्यक्तित्वहरुलाई मन्त्रालयहरुको जिम्मेवारीमा प्राथमिकता दिँदैन भने कुनै पनि हालतमा हाम्रो देश समृद्ध र हामी नेपाली सुखी हुन सक्दैनौं,’ सांसदहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ