बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

समाचार

नेपालगन्ज, २६ असोज । जिल्लाको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा पीडित पक्षले केहीबेर पूर्वपश्चिम राजमार्गअन्तर्गत शमसेरगञ्जमा राजमार्ग अवरुद्ध पारेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ