बाघको आक्रमणबाट एकको मृत्यु

समाचार

बर्दिया, २६ असोज । बर्दियामा बाघको आक्रमणबाट ४० वर्षीय जनकबहादुर थारुको मृत्यु भएको छ ।

सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो ।

खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ