बैंक लुट्न खोज्ने तीन जना पक्राउ

समाचार

विराटनगर, २६ असोज । मोरङको धनपालथान गाउँपालिका कर्सियामा सोमबार दिउँसो सिटिजन्स बैंकमा रकम लुट्न खोज्ने समूहका तीन जना पक्राउ परेका छन् ।

लुटेरा समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।

लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् घाइतेको तिघ्रामा गोली लागेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ