माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

सप्तरी, २८ असोज । तिलाठी कोईलाडी गाउँपालिका–८ खाडोखोलास्थित सडकमा ना.१ ज ७४१८ नम्बरको माईक्रोबस र स.२ प ३४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हनुमाननगर कंकालनी नगरपालिका–५ बगमपट्टी बस्ने २० वर्षीय समित्र कुमार सिंहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१० ईनरवा बस्ने २२ वर्षीय अरविन खंगको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ । हाल फरार रहेका  माईक्रोबस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ