ट्यांकरले कारलाई ठक्कर दिँदा तीनको मृत्यु

समाचार

बारा, ३० असोज । जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पुर्बी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ