सर्लाहीमा १ थान पेस्तोलसहित युवक पक्राउ    

समाचार

सर्लाही, ३१ असोज । बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबिच फेसबुकमामा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेका थिए ।

सीमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ