मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईको मृत्यु

समाचार

कैलाली, ३१ असोज । टीकापुर नगरपालिका–५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका–१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ