अटो दुर्घटनामा एकको मृत्यु

समाचार

बाँके, ३१ असोज । खजुरा गाउँपालिका–३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका–४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नसिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ