रौतहटको भिमडाबरमा जनमतको जनजागरण सभा सम्पन्न

समाचार

रौतहट, ३१ असोज । जनमत पार्टी गरुडा नगरपालिकाको भिमडाबरमा दशैं, दिपावली तथा छठको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा जागरण सभा सम्पन्न भएको छ ।

जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूको प्रमुख आतिथ्यतामा, जनमत पार्टी रौतहटको निवर्तमान इन्चार्ज विनय कुमार वर्मा एवं जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको विशेष आतिथ्यता, युवा नेता रामलाल यादव, जिल्ला उपाध्यक्ष शेख नैमुदिन, जिल्ला सचिव बिकास कुमार यादवको उपस्थिति थियो ।

यस्तै, जिल्ला सदस्यहरु प्रकाश झा, लालबाबु यादव, रामाकन्त ठाकुर, दिलिप पटेल, महिला जिल्ला अध्यक्ष अनिता साह, नगर अध्यक्ष बृजकिशोर पटेल, युवा नेता शिवपुजन यादव लगायत नेताहरुको आतिथ्यमा सम्पन्न कार्यक्रममा भिमडाबरमा भर्खरै पहिलो चार्टर्ड एकाउन्टेन्ट पास भएका धिरेन्द्र यादलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गरेका थिए साथै स्थानीय क्रिकेट खेलाडीहरुलाई पनि प्रमुख अतिथि द्वारा सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्लिकले गरुडा नगरपालिका भ्रष्टाचार चरमोत्कर्षमा रहेको गरुडा बजार देखि महम्दपुरसम्म यातायात खर्च बापत छबिस–छबिस हजार पटक–पटक व्यक्ति पिछे निकासा भएको लगायत बुँदागत रुपमा कहाँ कहाँ भ्रष्टाचार भएको स्पष्ट गरेका थिए र भ्रष्टतन्त्र र गुण्डाराज अन्त्यका लागि जनमत पार्टीको विकल्प नरहेको बताए । 

कार्यक्रममा बिनय बर्मा, रामेश्वर यादव, रामलाल यादव, बिकास यादव, प्रकाश यादव लगायत नेताहरुले सम्बोधन गरेका थिए कार्यक्रम सञ्चालन मदन यादव ले गरेका थिए भने सभापतित्व वडा अध्यक्ष हरी प्रसाद यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ