बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रुपन्देही, ८ मंसिर । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सकडमा ना.७ ख ९०६ नम्बरको बसले लु.२६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका–१३ बस्ने ५२ वर्षीय टंकमणी भन्ने राम प्रसाद बन्झाडेको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एडमान सिटी अस्पताल जितगढी सामान्य उपचार पश्चात लुम्बिनी सिटी बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ