जनकपुर रेल्वे संचालन गर्न लोसपाको प्रदर्शन

समाचार

जनकपुरधाम, ८ मंसिर । विवाहपञ्चमी अगावै जनकपुर रेल्वेलाई सञ्चालन गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदर्शन गरेको छ ।

सरकारले षडयन्त्रपूर्ण नियतले संचालन नगरिरहेको आज लोकतान्त्रिक समाजवादी पार्टी धनुषाका युवा, महिला, विद्यार्थी नेताहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई यथाशीघ्र विवाहपञ्चमी भन्दा पहिले रेल्वे संचालन संचालन गर्न ज्ञापन–पत्र बुझाएका छन् । 

नेताहरूले रेल्वे संचालन नगरिए क्रमवद्ध दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । 

ज्ञापन–पत्र बुझाउन अघि सहभागी आन्दोलनकारीहरूले जनकचौकबाट बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरी गएका थिए । यस्तै कार्यक्रम भोली ९ गते कार्तिक जनकनन्दिनी नगरपालिकामा समेत हुने भएको छ ।

जनकपुर रेल्वेको संचालन भएमा प्रदेश २ र जनकपुरक्षेत्र नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरू खुल्ने, पर्यटनको विकास हुने, उद्योगधन्धाहरू खुल्न थाल्ने, यातायातको केन्द्र बन्ने जस्ता कुराहरू समेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर गरिरहिएको र इन्जन, बोगी, ट्र्याक लगायत बिग्रिन थालेकोले अवस्था छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ