एमसीसी पारित गर्नुपर्छ : अध्यक्ष गोल्छा

समाचार

काठमाडौं, ८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालका राजनीतिक दलहरुबीच नै अन्योल कायम रहेकोले लामो समयदेखि एमसीसी अनिर्णित रहेको छ । कोरोना पछिको आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।

उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।

एमसीसीका विषयमा आफ्नो कुनै स्वार्थ नरहेको भन्दै उनले मुलुकका लागि आवश्यक परियोजना भएको बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ