सूर्यमा ग्रहण लागिसकेको छ, कलम चल्न थाल्यो : माधव नेपाल

समाचार

जनकपुरधाम, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेको सूर्य छापमा ग्रहण लागिसकेको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सूर्यमा ग्रहण भन्दै कलम चल्न थालेको बताएका छन् ।

उनले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबीसमेत गरेका छन् । केपी ओलीको हठका कारण एमालेको यो दशा भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टी चोइटिएर जाने बताए ।

‘सात प्रदेशमध्ये २ वटा प्रदेशमा हाम्रो पार्टीको सरकार छ । प्रदेश २ मा पनि एमालेभन्दा हाम्रो पार्टी ठूलो रहेको छ’, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ