सांसद प्रदीप यादवलाई जसपाको केन्द्रीय सदस्यबाट हटाइयो

समाचार

काठमाडौं, ९ मंसिर । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्यबाट हटाएको छ ।

पर्साका लोकप्रिय नेता यादवलाई अनुशासनविपरीत गतिविधि गरेकोले केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्य मात्र रहने गरी कारबाही गरिएको जसपाले जनाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अनुशासनविपरीत काम गरेको यादवलाई स्पष्टीकरण सोधिएन पनि सन्तोषजनक जवाफ नआएपछि कारबाही परेको एक नेताले बताए ।

गठबन्धन सरकारको मन्त्रिमण्डल विस्तारमा जसपाबाट मन्त्रीमा समावेश नगरेपछि यादवका समर्थनहरुले वीरगन्जमा पार्टीको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुतला जनाएका थिए । साथै केन्द्रीय कार्यालयमा पनि नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ